बिमा गर्ने सोचमा हुनुहुन्छ भने पहिले थाहा पाउनुहोस् बीमा भनेको के हो ? बिमाले व्यक्तिगत तथा सम्पत्ति सुरक्षा सुनिश्चित गर्दै आर्थिक स्थिरता प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्दछ । बिमालाई मुख्यतः दुई प्रकारमा विभाजित गरिएको छ ः जीवन बिमा र निर्जीवन बिमा ।
मानिसको जीवनमा आउने जोखिमबाट बच्न गरिने बिमा नै जीवन बिमा हो ।
मानिसको जीवनमा आइपर्ने जोखिमबाट कुनै क्षति पुगे वा मृत्यु भएमा बिमाले सो बापत आर्थिक क्षतिपूर्ति दिन्छ ।
यसले बिमा गर्ने व्यक्तिको परिवारको भविष्य सुरक्षित गर्दछ । २०७२ सालको भुँइचालोमा मानवीय र भौतिक क्षति धेरै भए । हरेक वर्ष बाढी पहिरोले हामीले अनुमान गरेभन्दा बढी क्षति पु¥याउने गरेको छ ।
व्यापार, व्यवसाय, उद्योगधन्दा, सम्पत्तीमा विभिन्न किसीमका प्राकृतिक तथा मानविय कारणबाट आर्थिक क्षति हुन्छ ।
प्राकृतिक प्रकोपलाई त हामी कसैले रोक्न सक्दैनौँ तर सुरक्षित भने अवश्य हुनसक्छौं ।
यी सबैबाट सुरक्षित हुने भनेको बिमा गरेर हो । निर्जीवन बिमा भनेकै सम्पत्ति तथा वस्तुमा हुने विभिन्न प्रकारको जोखिमहरु, भवितब्य तथा दुर्घटनाबाट सिर्जित आर्थिक क्षतिको रक्षा गर्छ ।
हाल नेपालमा १४ वटा जीवन बीमा र १४ वटा नै निर्जीवन बिमा कम्पनी रहेका छन् ।
नेपालमा लोकप्रिय जीवन बिमाहरुमा टर्म इन्स्योरेन्स, होल लाइफ इन्स्योरेन्स, एन्डोमेन्ट प्लान्स र यूनिट लिंक्ड इन्स्योरेन्स प्लान्स रहेका छन् । जीवन बिमा अन्तर्गत बिमा गर्ने व्यक्तिको मृत्यू भएमा वा बिमाको मिति समाप्त भएपछि एकमुष्ट रकम प्रदान गरिन्छ जसले परिवारलाई आर्थिक स्थायित्व दिन्छ ।
नेपालको पुराना निर्जीवन बिमा कम्पनीहरु मध्ये एक हिमालयन एभरेष्ट इन्स्योरेन्स (एचइआइ) लाई लिन सकिन्छ जसले व्यक्ति र व्यवसायहरुको आवश्यकताहरु पूरा गर्नका लागि विभिन्न निर्जीवन बिमाका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
निर्जीवन बिमाले सम्पत्ति र सञ्चालनहरुको सुरक्षा गर्दछ । जस्तै सवारीसाधनको बिमा, सम्पत्ति बिमा, कृषि बिमा, मरिन कार्गो बिमा गर्न सकिन्छ ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/ ८२ को तथ्याङ अनुसार नेपालमा दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेका छन् ।
ती घटनामा दैनिक औसतमा ८८ जना सडक दुर्घटनामा परी घाइते हुने गरेका छन् ।
सवारीसाधन बिमा गरे यस्ता जोखिमबाट वित्तिय सुरक्षा लिन सकिन्छ । यसले सवारी साधनका मालिकहरुलाई ढुक्कको महसुस गराउँछ ।
असार–साउनमा हामी बाढी–पहिरोबाट आक्रान्त हुन्छौं । गत असोजमा गएको बाढी र पहिरोले १७ अर्बभन्दा बढीको क्षति भयो । घर ढले, बस्ती बगे । अनि मुख्य चाडबाड आउछ चोरीका घटनाहरु बढ्छन् । गत दशैंको अविधभर काठमाडौं उपत्यकामा ११ वटा चोरीका घटना भए ।
अब सोच्नुस जिल्लामा कति भए होलान् । अब सोच्दै हुनुहुन्छ होला कसरी सुरक्षा अपनाउने त ?
सम्पत्ति बिमाले तपाईलाई सुरक्षित राख्छ । सम्पत्ति बिमाले आवासिय र व्यवसायिक सम्पत्तिलाई प्राकृतिक प्रकोप, चोरी वा दुर्घटनाबाट हुने क्षतिबाट सुरक्षा दिन्छ । (स्रोत https://bipad.gov.np/en )
नेपाल कृषि प्रधान देश । देश विकासको लागि कृषि क्षेत्रको विकास गर्नु अति आवश्यक हुन्छ ।
किसानलाई लक्षित गरि ल्याइएको कृषि बिमाले धेरै किसान सुरक्षित राखेको छ । साना र ठूला दुबै कृषकहरुको कृषि व्यवसायमा सम्भावित जोखमबाट हुन सक्ने क्षतिको रक्षाका लागि कृषि बिमा गराउनु पर्दछ ।
कृषि बिमा अन्तर्गत बाली बीमा, गाइवस्तु बिमा पर्दछन् । बाली बिमाले प्राकृतिक प्रकोप वा रोगहरुका कारण बाली नष्ट हुँदा किसानलाई क्षतिपूर्ति दिइन्छ भने गाइवस्तु बिमाले पशुचौपायाँमा लाग्ने रोग, दुर्घटना वा चोरी जस्ता जोखिमहरुबाट हुने क्षतिबाट सुरक्षित राख्छ ।
कोभिडपछिको समय हेर्ने हो भने अर्थतन्त्र केहि लयमा फर्किएको छ । व्यापारीहरुले केहि राहतको सास फेरेका छन् ।
गत आर्थिक वर्ष २०८१/ ८२ मा १५ खर्ब ९२ अर्बको सामान आयात भयो भने १ खर्ब ५२ अर्बको निर्यात भयो ।
यसरी ढुवानी गर्दा सामान हराउने जोखिम धेरै हुन्छ । यसबाट बच्न मरिन कार्गो बीमा गर्न आवश्यक छ । यसले आर्थिक जोखिमहरु कम गर्दै व्यापारलाई निरन्तता दिन मद्दत गर्दछ ।
भनिन्छ नि जहाँ समस्या छ त्यहाँ समाधान पनि हुन्छ । यी माथि उल्लेख गरेका सबै समस्याबाट तपाई मुक्त हुन चाहनुहुन्छ भने बीमा गर्नुहोस् अनि सुरक्षित जीवन बाँच्नुहोस् ।