images
images

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

शुक्रवार, मंसिर २२ २०८०
शुक्रवार, मंसिर २२ २०८०
  • सुनको भाउ बढ्यो, चाँदीको स्थिर

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ भने चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यसअघि प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको भाउ आज बढेर १ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, यसअघि प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको तेजावी सुनको भाउ १ लाख १८ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । 

    यता, चाँदीको भाउ भने स्थिर रहेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार हुनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार