images
images

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’मा छ - राष्ट्रपति सी

आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’मा छ - राष्ट्रपति सी

शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • images
    images
    आर्थिक सुधार अझै पनि ‘महत्त्वपूर्ण चरण’मा छ - राष्ट्रपति सी

    चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक सुधार ‘अहिले पनि महत्त्वपूर्ण चरण’ मा रहेको बताएको सरकारी प्रसारक सिसिटिभीले शुक्रबार बताएको छ । चीनको सुस्त घरेलु गतिविधि र सम्पत्ति क्षेत्रको समस्याले महामारीपछिको स्थितिमा सुधार भइरहेको छ । 

    images
    images

    विश्वको सबैभन्दा दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले तेस्रो त्रैमासिकमा चार दशमलव नौ प्रतिशतले वृद्धि हासिल गरेको छ । यो बेइजिङको पाँच प्रशिततको लक्ष्यभन्दा थोरै कम हो । साथै यो वृद्धि वर्षौंमा सबैभन्दा कम हो । 

    “अहिले मुलुकको आर्थिक सुधार अझै पनि महत्त्वपूर्ण चरणमा छ”, सिसिटिभीका अनुसार मुलुकको शीर्ष निर्णय लिने संस्था चीनको कम्युनिस्ट पार्टी पोलिटब्युरोको बैठकमा राष्ट्रपति सीले भने । 

    अर्थतन्त्रलाई प्रवर्द्धन गर्ने उपायहरू गर्न आग्रह गर्दै उनले भने, “अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक वातावरणमा बढ्दो प्रतिकूल कारकहरूसँगै मुलुकले सामना गर्नुपरेको विकास अवस्था जटिल छ ।”

    उनले आधुनिक औद्योगिक प्रणालीको निर्माणमा तीव्रता ल्याउन, घरेलु मागको विस्तार गर्न र जोखिमलाई रोक्न तथा कम गर्न ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याए । 

    उनले प्रमुख विज्ञान तथा प्रविधि क्षेत्रमा ‘आत्मनिर्भरता’ लाई प्रवर्द्धन गर्न र ‘एउटा नयाँ विकास खाकाको निर्माणमा तीव्रता ल्याउने’ आवश्यकतामा पनि जोड दिए ।

    अधिकारीहरूले सन् २०२२ को अन्त्यमा कठोर रोकथामका उपायहरू हटाएपछि कोभिड महामारीको प्रभावबाट पार पाउन सङ्घर्ष गरेका छन् । अधिकारीहरूले नोभेम्बरमा निर्यात सात महिनामा पहिलोपटक बढेको घोषणा गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार