images
images

गोरखामा अध्यक्ष ओलीले भने – बूढीगण्डकी परियोजना जसरी पनि सफल बनाउनुपर्छ

गोरखामा अध्यक्ष ओलीले भने – बूढीगण्डकी परियोजना जसरी पनि सफल बनाउनुपर्छ

शनिवार, मंसिर २३ २०८०
शनिवार, मंसिर २३ २०८०
  • images
    images
    गोरखामा अध्यक्ष ओलीले भने – बूढीगण्डकी परियोजना जसरी पनि सफल बनाउनुपर्छ

    नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनालाई जसरी पनि सफल बनाउनुपर्ने बताएका छन् । 

    images
    images

    पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा, २०८० अन्तर्गत आज शनिबार गोरखा आइपुगेका अध्यक्ष ओलीले सदरमुकाममा आयोजित सर्वपक्षीय भेलालाई सम्बोधन गरेका थिए ।  उक्त सम्बोधनमा बूढीगण्डकी परियोजना सफल बनाउन पछि हट्न नहुने बताएका थिए ।  निकै राजनीतिक कुटनीतिक भाषण गर्ने ओलीले गोरखा पुगेर बुढिगण्डकी आयोजना बनाउनै पर्ने किन उछाले त्यो भविष्यले बताउने छ । बुढिगण्डकी आयोजना करिब ४० वर्षदेखि विभिन्न राजनीतिक दलहरुको भाषण र नारामा घन्किदै आएको विषय हो । तर, अझै पनि  निर्माणको विषय अनिश्चित नै छ । 

    “बूढीगण्डकी आयोजना निर्माण गर्न ठुलो क्षेत्रफलका लागि धेरै रकम मुआब्जा दिइसकेका छौँ । सरकारले अधिग्रहण गरी मुआब्जा दिएकाले आयोजना निर्माण अगाडि बढाउनुपर्ने अध्यक्ष ओलीले बताए । 

    आयोजना निर्माणका लागि आफूहरुले सरकारलाई घचघच्याउने काम गरिरहेको अध्यक्ष ओलीको तर्क थियो । “नेपालका परियोजना निर्माण गर्दा फाइदा हुनेगरी बनाउन दिनुपर्छ”, उनले भने । 

    आयोजना निर्माणमा ढिला भयो भन्दैमा सरकारले अधिग्रहण गरेको जमिन जनताले कब्जा गर्न नमिल्ने अध्यक्ष ओलीले बताए । 

    “विभिन्न बाहानामा समस्या सिर्जना गर्न हुँदैन”, उनले भने, “जलाशययुक्त आयोजना तयार भएर डुबान नुहँदासम्म खेती लगाएर खाए हुन्छ । ” “त्यसलाई बाँझै राख्नुपर्ने वा खाली छोड्नुपर्ने आवश्यकता नभएको उनले बताए । 
    अध्यक्ष ओलीले पुष्पलाल मध्यपहाडी लोकमार्ग निर्माणमा ढिलाइ भएकामा असन्तुष्टि व्यक्त पनि गरे । 

    फरक प्रसङ्गमा उनले राजनीतिलाई स्वस्थ्य र स्वच्छ बनाउनुपर्नेमा जोड दिएका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार