काठमाडौँ / सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ। कम्पनीको मंसिर २२ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो।
कम्पनीको उक्त निर्णय संगै आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई यस बर्ष लाभांश वितरण नगर्ने घोषणा गरेको हो । यसको मतबल शेयरधनीहरुले उक्त आर्थिक वर्षका लागि बोनस शेयर र नगद लाभांश पाउने छैनन्।
अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ।