images
images

सानिमा बैंकको २०औँ बार्षिक साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित

सानिमा बैंकको २०औँ बार्षिक साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित

मंगलवार, मंसिर ४ २०८१
मंगलवार, मंसिर ४ २०८१
  • सानिमा बैंकको २०औँ बार्षिक साधारण सभा सम्पन्न : लाभांश प्रस्ताव पारित
    images
    images

    काठमाडौँ / सानिमा बैंक लिमिटेडको २०औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष तुक प्रसाद पौडेलको अध्यक्षतामा मंगलबार आयोजित साधारण सभा लाभांश प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो । 

    सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । 

    आर्थिक बर्ष २०८०/८१ मा २.४० अर्ब रुपैयाँ खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति २३३.८६ अर्ब रुपैयाँ, कुल निक्षेप १९९.३८ अर्ब रुपैयाँ तथा खुद कर्जा सापटी १६४.९४ अर्ब रुपैयाँ रहेको छ । 

    आर्थिक वर्ष २०७९/८० को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः ११.४८, १०.०६ र ८.४५ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले जानकारी दिए । 

    असार मसान्तसम्म बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत, पुँजीकोष १३.२१ प्रतिशत, तरलता अनुपात २९.२१ प्रतिशत र कर्जा निक्षेप अनुपात (मासिक औसत) ८०.५३ प्रतिशत रहेको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार