images
images

निर्माण सामग्रीको मूल्य घट्यो, कुन सामग्रीको कति ?

निर्माण सामग्रीको मूल्य घट्यो, कुन सामग्रीको कति ?

निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ !

मंगलवार, मंसिर २६ २०८०
मंगलवार, मंसिर २६ २०८०
  • images
    images
    निर्माण सामग्रीको मूल्य घट्यो, कुन सामग्रीको कति ?

    काठमाडौँ / अहिले घर तथा संरचना बनाउन उपयुक्त समय मानिन्छ । निर्माण सिजन सुरु भएसँगै निर्माण सामग्रीको मूल्य पनि घटेको छ ।

    images
    images

    केहि समय अघि अर्थात मनसुनको समयमा आकासिएको निर्माणजन्य सामग्रीको मूल्य पछिल्लो समय घट्न थालेको हो । साथै, गत शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामार्फत घर, जग्गा, आवास निर्माण लगायतमा प्रवाह हुने कर्जा नीतिमा केही सहजीकरणको नीति लिएपछि निर्माण क्षेत्रको मनोबल अझ बढन् पुगेको देखिन्छ ।

    घरका लागि अत्यावश्यक निर्माण सामग्रीको भाउ के–कस्तो छ भन्ने जिज्ञासा तपाईंहरूलाई पनि हुन सक्छ । व्यवसायीहरूका अनुसार विगत एक डेढ वर्षमा फलामे छडको मूल्य घटेको छ भने सिमेन्टको मूल्य भने स्थिर देखिन्छ । 

    हेरौं कुन निर्माण सामग्रीको मूल्य कति पुग्यो ?

    ईट्टा :– 

    घरका लागि अत्यावश्यक वस्तु इँटाको मूल्यमा पनि ह्रास देखिएको छ । बजारमा माग घटेका कारण व्यवसायीहरुले उद्योगमा नयाँ उत्पादनमा थप लगानी नगरेको उद्योगी एवं नेपाल इँटा उत्पादक संघका पूर्वअध्यक्ष महेन्द्रबहादुर चित्रकार बताउँछन् ।

    अहिले बजारमा इँटाको मूल्य गुणस्तर हेरेर गोटाको १५ रुपैयाँदेखि २४ रूपैयाँसम्म बिक्री भइरहेको छ । उनका अनुसार घर र पूर्वाधार निर्माणका लागि सबैभन्दा धेरै प्रयोग हुने इँट्टा एक नम्बर हो । हाल बजारमा एक नम्बर इँट्टाको मूल्य प्रतिगोटा १५ देखि १६ रुपैयाँ मात्रै पर्छ । यसको मूल्य त्यो भन्दा कम पनि हुन सक्ने भएकाले सो भने बिक्रेता र खरिदकर्ता बीचमा भर पर्छ । 

    यस्तै उच्च गुणस्तरको मेसिनबाट बनाइने विशेष प्रकारको इँट्टाको मूल्य २० देखि २२ रुपैयाँ पर्ने र त्यसभन्दा पनि उच्च गुणस्तरको चाइनिज इँट्टाका लागि उपभोक्ताले २४ रुपैयाँसम्म तिर्नुपर्ने महासंघले जनाएको छ ।

    देशमा आर्थिक शिथिलता भएसँगै उपभोक्ताको किन्ने क्षमता कम भएको छ । यही कारण इँटाको भाउ अझै घट्ने संकेत देखिएको उनी बताउँछन् । पछिल्लो केहि महिनायता इँटाको भाउ एक–दुई रूपैयाँ घटेको छ,’ उनले भने, ‘घर बनाउनेको संख्या घट्दो छ । त्यसैले इँटाको मूल्य अझै घट्न सक्छ ।’ 

    news.JPG

    गिटी–बालुवा :– 

    क्रसर व्यवसायी महासंघका अनुसार करिब साढे दुई वर्षदेखि गिटी–बालुवाको भाउ लगभग स्थिर छ । अहिले उपभोक्ताले गिटी–बालुवा प्रतिटिपर २१ हजारदेखि २९ हजार रूपैयाँमा पाइरहेका छन् । 

    बजारमा न्यूनतम गुणस्तरको बालुवा २१ हजारमै उपलब्ध छ भने उच्च गुणस्तरको बालुवा प्रतिट्रक २६ हजार रुपैयाँसम्म पर्छ । यस्तै, यस्तै गिट्टी भने कालो र सेतो गरी २ प्रकारमा उपलब्ध हुन्छ , जसअनुसार कालो गिट्टीको मूल्य प्रतिट्रक २५ हजारदेखि २९ हजार रुपैयाँसम्म पर्छ । त्यसैगरी, सेतो गिट्टीको मूल्य भने प्रतिट्रक २३ हजार रुपैयाँदेखि २७ हजार रुपैयाँसम्म पर्ने अनुमान छ ।

    news.JPG

    सिमेन्ट :– 

    सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाका अनुसार हाल बजारमा सिमेन्टको न्यूनतम मूल्य प्रतिबोरा ४४० रुपैयाँ छ । उनका अनुसार बजारमा सिमेन्टको मूल्य प्रतिबोराको ८० रुपैयाँसम्म घटेको छ । सिमेन्टको माग घट्दा मूल्य पनि घटेको उनले बताए । त्यसभन्दा माथिको मूल्य सिमेन्ट कम्पनी अनुसार फरक–फरक छ । 

    नेपालमा घर तथा विभिन्न भवनहरू निर्माणको लागि दुई प्रकारका सिमेन्ट प्रयोग गरिन्छ । ओपिसी (अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट) र पिपिसी (पोर्टल्यान्ड पोज्जोलोना सिमेन्ट) ! ओपिसी छिटो सुक्छ । जुन निर्माण छिटो सक्नुपर्ने हुन्छ वा छिटो फर्मा खोल्नुपर्ने हुन्छ, त्यहाँ यो सिमेन्ट प्रयोग गरिन्छ । ओपिसी स्ल्याब, पिलर, पुल ढलान आदि काममा प्रयोग हुन्छ ।

    हाल पीपीसी सिमेन्टको मूल्य ४४० रुपैयाँ प्रतिबोरा छ भने ओपीसी सिमेन्ट ४३ ग्रेडको प्रतिबोरा मूल्य ५४० रुपैयाँ र ५३ ग्रेडको मूल्य ५६० रुपैयाँ छ । हाल देशभर करिब ३७ वटा सिमेन्ट उद्योग अहिले सञ्चालनमा छ । जस कारण ती कम्पनीको ब्राण्ड र उपलब्धताअनुसार निर्माण क्षेत्रका आधारमा मूल्यमा भने केही फरक पर्नेछ ।

    news.JPG

    डन्डी :– 

    पछिल्लो केहि महिनायता डन्डीको भाउ केही घटेको छ । कम मागका कारण डण्डीको मूल्य घटेर सबैभन्दा तल्लो बिन्दुमा आइपुगेको छ । व्यवसायी महासंघका उपाध्यक्ष श्रेष्ठका अनुसार डन्डीको मूल्य किलोमा १५ रूपैयाँसम्म घटेको हो । 

    अहिले ब्रान्डअनुसार डन्डीको मूल्य किलोको ९२ रुपैयाँदेखि ११० रुपैयाँसम्म पर्ने उनले जानकारी दिए । दर्जनौं कम्पनीले अहिले बजारमा डण्डी उत्पादन गरिरहेका छन् ।

    dondi.JPG

    कस्तो छ निमार्ण सामग्रीको बजार मूल्य ?

    सिमेन्ट : प्रतिबोरा ४४० रुपैयाँदेखि ६३० रुपैयाँसम्म

    डण्डी : प्रतिकिलो ९२ रुपैयाँदेखि ११० रुपैयाँसम्म

    इँट्टा प्रतिगोटा : एक नम्बर– १५ देखि १६ रुपैयाँसम्म
                        : उच्च गुणस्तरको मेसिनबाट बनाइने– २० देखि २२ रुपैयाँसम्म
                        : चाइनिज इँट्टा – २४ रुपैयाँसम्म

    गिट्टी (प्रतिट्रक) : कालो– २५ हजारदेखि २९ हजार रुपैयाँसम्म 
                         : सेतो–२३ हजारदेखि २७ हजार रुपैयाँसम्म

    बालुवा (प्रतिट्रक) : मध्यम गुणस्तरको २१ हजार रुपैयाँ
                             : उच्च गुणस्तरको २६ हजार रुपैयाँ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार