images
images

अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको छ : अर्थमन्त्री महत

अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको छ : अर्थमन्त्री महत

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • images
    images
    अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको छ : अर्थमन्त्री महत

    काठमाडौँ / अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिएको बताएका छन्। 

    images
    images

    बुधबार मन्त्रालयमा मुलुकको पछिल्लो आर्थिक अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। 

    उनले विगतमा अर्थतन्त्रले धेरै चुनौती सामना गरेपनि अब सुधार हुने बताए। सरकारले अघि सारेका सुधारका नीतिको प्रभाव देखिन थालेको बताए। त्यस्तै राष्ट्र बैंकको पछिल्लो नीतिले पनि सहज बनाएको उनको भनाइ छ।

    पुँजीगत खर्च गत वर्षको तुलनामा ६ प्रतिशतले बढेको उनले बताए। राजस्वमा क्रमशः सुधार आएको उनको भनाइ छ। हालसम्म भन्सार महसुल १३ प्रतिशतले बढेको, मूल्यअभिवृद्धि कर ७।१९ प्रतिशत र आयकरमा समेत १२ प्रतिशतको वृद्धिले आर्थिक क्रियाकलापमा सुधार देखाएको उनले दाबी गरे।

    पुँजी बजार, घर जग्गाको क्षेत्रमा पनि सुधार देखिएको कारण मनोवल बढ्दै गएको उनको भनाइ छ। उत्पादन वृद्धि तथा रोजगारी वृद्धिको परिमाण आउन समय लाग्ने समेत उनको भनाइ छ।

    यस्तै, कोभिड महामारी, रुस–युक्रेन युद्धजस्ता अन्तर्राष्ट्रिय कारणहरुले दबाबमा परेको अर्थतन्त्र सुधारका लागि नीतिगत रु मौद्रिक पहल आफूले गरेको मन्त्री महतको दाबी छ ।

    ‘समग्रमा आर्थिक सूचक सकारात्मक भएर गएको छ । तर परिणाम देखिन केही समय लाग्छ । अर्थतन्त्र सकारात्मक दिशातर्फ उन्मुख छ,’ उनले भने, ‘मौद्रिक नीति समीक्षापछि सेयर बजार पनि सकारात्मक छ । जग्गा कारोबार पनि बढ्दै छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार