images
images

जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे प्रतिवेदन सार्वजनिक

जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे प्रतिवेदन सार्वजनिक

बुधवार, मंसिर २७ २०८०
बुधवार, मंसिर २७ २०८०
  • images
    images
    जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे प्रतिवेदन सार्वजनिक

    काठमाडौँ / नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइसवाटर हाउस कूपर (पीडब्लूसी) भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।

    images
    images

    नेपालको अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रुपमा यसलाई महत्त्वपूर्ण मानिएको छ । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरुले सामना गर्ने जोखिम तथा समाधानका उपायहरु सुझाइएको छ ।

    व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न, सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अवलम्बन गर्न र मूल्य सृङ्खलाका विषय प्रतिवेदनमा समेटिएको छ । जलवायु परिवर्तनबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रले समेत यसलाई उच्च प्राथमिकता दिएको छ ।

    जलवायु परिवर्तनबाट सृजित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यावसायिक क्षेत्रबिचको सहकार्य महत्त्वपूर्ण छ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरूको लागि रोडम्याप तयार गर्न ठोस योजनाहरूको रूपरेखा प्रस्तुत गरेको बताए । यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरुको भूमिकाका विषयहरु समेत समेटिएका छन् ।

    पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर सिंहले जलवायु अनुकूलन व्यवसायका लागि एक जिम्मेवारी मात्र नभएर रणनीतिको आवश्यकता रहेको बताए । जलवायु परिवर्तन र यसको असरले बढ्ने लागत तथा अन्य जोखिमसहित यस परिवर्तनशील परिदृश्यलाई अनुकूलन गर्न सक्रिय भई व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । 

    सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रहरु मध्ये एक भएको बताए  । जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्त्वपूर्ण हुने उनले बताए । यो प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्त्वपूर्ण दस्ताबेज हुने विश्वास चौधरीको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार