images
images

आज राति आकाशमा मिथुन उल्का वर्षा हुने, दूरबिनबिनै हेर्न सकिने

आज राति आकाशमा मिथुन उल्का वर्षा हुने, दूरबिनबिनै हेर्न सकिने

बिहिवार, मंसिर २८ २०८०
बिहिवार, मंसिर २८ २०८०
  • आज राति आकाशमा मिथुन उल्का वर्षा हुने, दूरबिनबिनै हेर्न सकिने

    काठमाडौँ / आज राति आकाशमा सर्वसाधरणहरूले मिथुन उल्का वर्षा भएको हेर्न सक्नेछन्। 

    images
    images

    मंसिर १८ गतेदेखि सुरू भएको उल्कावर्षा पुस १ गतेसम्म सक्रिय रहनेछ। आज राति भने उक्त उल्का वर्षा अत्यधिक सक्रिय हुने नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। 

    खगोलविदहरुले यो उल्का वर्षालाई ‘जेमिनिड्स’ नाम दिएका छन् । आकाशमा जेमिनाई अर्थात् मिथुन राशितिरबाट आएको देखिने भएकाले यो उल्का वर्षालाई वैज्ञानिकहरुले ‘जेमिनिड्स’ नाम दिएका हुन् ।

    भट्टराईका अनुसार अत्यधिक सक्रिय भएको समयमा प्रतिघण्टा १५० वटा सम्म उल्का वर्षा भएको देख्न सकिन्छ। आज राति ८ बजेदेखि भोलि बिहान साढे ५ बजेसम्म सर्वसाधरणहरूले आकाशमा उल्का वर्षा भएको देख्न सकिने उनले बताए। 

    ‘उल्कावर्षा हेर्न चाहने सर्वसाधरणले आफ्नो घरबाट वा बाहिर प्रकाश र प्रदुषण काम भएको स्थानबाट अवलोकन गर्न तथा फोटो खिच्न सक्नेछन्,’ भट्टराईले बिहीबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘उल्कावर्षा सामान्यतया मध्यरात पछि हेर्दा उत्तम रहन्छ। मौसमले साथ दिएमा उल्कावर्षा हेर्नेहरूका लागि यो सन् २०२३ कै उत्कृष्ट समय हुनेछ।’

    उल्कावर्षा हेर्नलाई कुनै दुरविन वा टेलिस्कोपको आवश्‍यक नपर्ने पनि उनले बताए। 

    ‘यो उल्कावर्षा क्षुद्रग्रह ३२०० फेथनले अन्तरिक्षमा छोडेका स–साना धूलाका कण तथा पदार्थले सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको नजिक हुँदा वायुमण्डलको करिब ७० किलोमिटर माथि जलेर देखिन्छ,’ भट्टराईले भने, ‘उल्का वर्षको समयमा उल्काहरू मिथुन राशिबाट निस्किए जस्तो देखिने हुनाले यसलाई मिथुन उल्कावर्षा नामकरण गरिएको हो।’

    उल्का वर्षा के हो ?

    पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ वा उल्कापात पनि भनिन्छ । बलिरहेको यस्तो भग्नावशेषले पृथ्वीलाई कुनै असर भने गर्दैन।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार