images
images

प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत

प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत

बुधवार, पुस ४ २०८०
बुधवार, पुस ४ २०८०
  • images
    images
    प्रतिफल ल्याउने गरी काम गरिरहेका छौँ : अर्थमन्त्री डा महत

    कटारी (उदयपुर) / अर्थमन्त्री डा प्रकाशशरण महतले बढीभन्दा बढी प्रतिफल ल्याउने गरी काम गरिरहेको बताएका छन् । अर्थतन्त्रलाई लयमा फर्काउन सुधारका प्रयास क्रमशः कार्यान्वयन भइरहेका उनले उल्लेख गरे ।  

    images
    images

    उदयपुरको कटारी नगरपालिकामा मङ्गलबार स्थानीय जनप्रतिनिधिसँगको भेटघाटमा मन्त्री महतले विस्तारै समस्या न्यून हुँदै गएका बताए । 

    मौद्रिक नीतिमा समस्या भएको उल्लेख गर्दै उनले राष्ट बैङ्कसँग छलफल गरेपछि अहिले ब्याज घट्ने क्रममा रहेको बताए । “नेपालमा केही भएकै छैन, भविष्य छैन । सबै खराब छ, अवसर नै छैन भन्ने नकारात्मक हल्ला फैलाउने काम गरिएको छ”, मन्त्री महतले भने । 

    गाउँमा पूर्वाधार विकासमा जोड दिएकाले सहज परिस्थिति निर्माण भइरहेको उल्लेख गर्दै उनले भने, “सीमित स्रोतसाधनका बीच प्राथमिकताअनुसार साथ लगानी गरिरहेका छौँ ।” 

    कोशी प्रदेशका प्रदेशसभा सदस्य रामकुमार खत्रीले सिरहाको मिर्चैयादेखि कटारी, घुर्मी सडकखण्ड जीर्ण भएको र वर्षौसम्म काम हुन नसकेकाले यसको निर्माणमा सरकारको ध्यान जानुपर्ने बताए । “यो बाटो सरकारको नजरमा नपर्दा जनताले धेरै दुःख पाएका छन्”, उनले भने । 

    कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले उक्त सडकका लागि पर्याप्त बजेट विनियोजन गरी यसको स्तरोन्नति गर्नुपर्ने माग राख्दै मन्त्री महतलाई ज्ञापनपत्र बुझाए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार