images
images

हिउँदे अधिवेशनअघि नयाँ संसद् भवन बन्ने,द्रुतगतिमा अघि बढाइदै काम

हिउँदे अधिवेशनअघि नयाँ संसद् भवन बन्ने,द्रुतगतिमा अघि बढाइदै काम

बिहिवार, पुस ५ २०८०
बिहिवार, पुस ५ २०८०
  • हिउँदे अधिवेशनअघि नयाँ संसद् भवन बन्ने,द्रुतगतिमा अघि बढाइदै काम
    काठमाडौँ / सहरी विकासमन्त्री सीता गुरुङले प्रतिनिधिसभाको आगामी हिउँदे अधिवेशन सिंहदरबारस्थित सङ्घीय संसद् भवनबाट सञ्चालन गर्ने गरी तीव्रगतिमा भवन निर्माण भइरहेको बताएकी छन् । 
     
    राष्ट्रियसभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा मन्त्री गुरुङले हिउँदे अधिवेशनअघि नै सिंहदरबारस्थित निर्माणाधीन राष्ट्रियसभा र प्रतिनिधिसभाको भवन सम्पन्न गर्ने अठोटका साथ काम भइरहेको जानकारी दिइन् । 
     
    मन्त्री गुरुङले मन्त्री निवासको निर्माण सम्पन्न गरेर माघ महिनासम्म हस्तान्तरण गरिने जानकारी दिइन् । 
     
    उनले सार्वजनिक खरिद प्रक्रियाले योजनाको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताइन् । आर्थिक स्रोतको सुनिश्चितता नहुँदा धेरै आयोजना  सम्पन्न हुन नसकेका बताइन् ।
     
    मन्त्री गुरुङले अर्थ मन्त्रालयसमक्ष बजेटका लागि पहल गरिदिन समितिलाई आग्रहसमेत गरिन् । 
     
    उनले ग्यालरी बैठक पुरानै ढाँचामा पुनःनिर्माण गर्न  समय लाग्ने बताउँदै त्यसनिम्ति ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिइन् । 
     
    समितिका सदस्यहरुले ‘विकासको लहर सुविधा सम्पन्न सहर’ को नारासहित आधुनिक सुविधा सम्पन्न सहर निर्माण गर्ने अभियानले सोचजस्तो प्रगति हासिल नभएकामा असन्तुष्टि व्यक्त गरिन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार