काठमाडौँ / आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ १५ रुपैयाँले बढेको छ । आज छापावाल सुनको भाउ प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ पुगेको छ ।
त्यस्तै, चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ४ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि भने चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।