काठमाडौँ / पोखराबाट काठमाडौँ उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ। बिहीबार बिहान ९ बजे बुद्ध एयरको उडान नम्बर ६५२ को इन्जिन स्टार्ट भएपछि आपतकालीन ढोका खुलेको हो ।
प्लेन स्टार्ट भएपछि ढोकानजिकै रहेका यात्रुले जहाजको ढोका खोलेको पाइएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए ।
“६५२ का जहाजको इमर्जेन्सी ढोका नजिकै रहनुभएका यात्रुबाट यात्रुबाट के कति कारणले खुल्न गएको हो, यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले बुझ्दै छन् । इर्मजेन्जी डोरका सिटमा बस्ने यात्रुलाई हाम्रा विमान परिचारिकाले हरेक उडानमा यसबारे ब्रिफिङ गरेका हुन्छन्,” उनले भने, “हाम्रा प्राविधिक टोलीले जहाजको चेकजाँच गर्दैछन् यसबारे जहाजमा प्राविधिक टोलीले पनि निरीक्षण गरेको छ।”
यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौँ ल्याउने तयारी भइरहेको उनले बताए।