images
images

घोराही सिमेन्टद्वारा १५ प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा कहिले ?

घोराही सिमेन्टद्वारा १५ प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा कहिले ?

शुक्रवार, पुस ६ २०८०
शुक्रवार, पुस ६ २०८०
  • घोराही सिमेन्टद्वारा १५ प्रतिशत बोनस सेयर घोषणा, साधारण सभा कहिले ?
    images
    images

    काठमाडौँ / घोराही सिमेन्ट इन्डस्ट्रीले सेयरधनीका लागि बोनस सेयर घोषणा गरेको छ । 

    कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित रकमबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।

    कम्पनीले आगामी साधारणसभामा बोनस सेयर वितरणको प्रस्ताव लैजाने छ । पुस २८ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । कम्पनीका अनुसार पुस १६ गतेका लागि सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) हुनेछ ।

    पुस १५ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार