काठमाडौँ / कालिका पावर कम्पनी लिमिटेडले यस वर्ष कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ७९ करोड ३५ लाख रूपैयाँ रहेको छ । प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि पुस २८ गते वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ ।
सभा दियालो फुडल्याण्ड चितवन, भरतपुरमा विहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र् निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । माथिल्लो दरौदी बि साना जलविद्युत आयोजना र माथिल्लो दरौदी सि साना जलविद्युत आयोजनामा लगानी गर्ने सम्बन्धी प्रस्ताव माथी पनि सभामा छलफल हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुस १८ गते बुुुक क्लोज गर्ने भएको छ । यस आधारमा पुस १७ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।