images
images

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारले समाधानको पहल गर्न सकेन : राजेशकुमार अग्रवाल

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारले समाधानको पहल गर्न सकेन : राजेशकुमार अग्रवाल

सोमवार, पुस ९ २०८०
सोमवार, पुस ९ २०८०
  • images
    images
    डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारले समाधानको पहल गर्न सकेन : राजेशकुमार अग्रवाल

    काठमाडौँ / नेपाल उद्योग परिसंघ (सिएनआइ)का अध्यक्ष राजेशकुमार अग्रवालले डेडिकेटेड तथा ट्रंकलाइन विवादमा सरकारले समाधानको पहल गर्न नसकेको बताएका छन् । डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपाल विद्युत प्राधिकरणले समस्या समाधान गर्नुको सट्टा लाइन काट्नु उचित नभएको बताएका हुन् ।  

    images
    images

    थप बिलको मात्र विवाद भएको र विवादित समयमा पनि नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको उनको भनाइ छ । उद्योगी व्यवसायीहरूले नियमित रूपमा बिजुलीको बिल तिररहेको भए पनि छलफल नै नगरी लाइन काटिदिँदा लगानीको वातावरण विथोलिने बताएका छन् । 

    विद्युत् प्राधिकरणले काटेको उद्योगीहरूको बिजुली लाइन पुनः जोडेर समस्याको समाधान गर्न उनले माग गरेका छन् । ट्रंकलाइनको लागि प्रिमियम दर तोकिएको भन्दा पहिलाको बिलिङ गर्दा समस्या आएको बताउँदै उनले उद्योगी व्यवसायीहरूले नियमित आफ्नो बिजुलीको बिल तिर्दै आइरहेको दाबी गरेका छन् । 

    प्राधिकरणले छलफल नगरी लाइन काटिदिँदा अन्तर्राष्ट्रिय रुपमा नकारात्मक सन्देश गएको र लगानीको वातावरण बिथोलिने अवस्था भएको उनको भनाइ छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार