images
images

सुनको मूल्य हालसम्मकै उच्च, १२ दिनमा ४ हजारबढीले महँगियो

सुनको मूल्य हालसम्मकै उच्च, १२ दिनमा ४ हजारबढीले महँगियो

बिहिवार, पुस १२ २०८०
बिहिवार, पुस १२ २०८०
  • images
    images
    सुनको मूल्य हालसम्मकै उच्च, १२ दिनमा ४ हजारबढीले महँगियो

    काठमाडौँ / सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका मूल्यसूची अनुसार आज बिहीबार सुन तोलाको १ लाख २२ हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनका तुलनामा यो १ हजार ३ सय रुपैयाँ बढी हो । बुधबार प्रतितोला १ लाख २० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । 

    images
    images

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २० हजार ४ सय रुपैयाँबाट बढेर १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको छ । गत आइतबार र सोमबार प्रति तोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलाको १ लाख २० हजार ५ सय पुगेको थियो । 

    मंसिर महिनाको अन्तिम कारोबार दिन १ लाख १९ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ पुस १ गते भने १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । पुस १ गते यता मात्रै नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ । 

    यता, चाँदीको कारोबार मूल्य पनि बढेको छ। बुधबार प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १५ रुपैयाँ बढेर  १ हजार ४ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । 

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेको कारण नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको देखिन्छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औँस २ हजार ८७.१३ डलरले कारोबार भइरहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार