काठमाडौँ / शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसअघिको तुलनामा आज सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घटेको हो ।
बिहीबार छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ घटेर आज १ लाख २० हजार ७ सय रुपैयाँमा झरेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख २१ हजार ४ सय रुपैयाँ तोकिएको तेजावी सुनको भाउ आज घटेर १ लाख २० हजार १ सय रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको भाउ पनि प्रतितोला ३५ रुपैयाँ घटेको छ । यसअघि प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ रहेको चाँदीको भाउ घटेर आज १ हजार ४ सय ५५ रुपैयाँमा सीमित भएको महासङ्घले जनाएको छ ।