images
images

अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ढाँचामा चलाइने

अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ढाँचामा चलाइने

शुक्रवार, पुस १३ २०८०
शुक्रवार, पुस १३ २०८०
  • अन्तर्राष्ट्रिय विमानस्थल सार्वजनिक निजी साझेदारी ढाँचामा चलाइने

    काठमाडौँ / सरकारले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी ढाँचामा अघि बढाउने विकल्पमा छलफल भएको जनाएको छ ।

    images
    images

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नवनिर्मित भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका साथै निकट भविष्यमा निर्माण हुने निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई एउटै ढाँचामा सञ्चालन गर्नेगरी छलफल चलिरहेको उजले जानकारी दिए । 

    राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आज सिंहदरबारमा भएको बैठकमा मन्त्री किरातीले अन्तर्राष्ट्रिय सफल अभ्यासअनुरुप अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा सार्वजनिक–निजी साझेदारी ९पिपिपी० मोडलमा अघि बढाउनेगरी बहस भइरहेको उल्लेख गरे ।

    सरकार एक वर्ष पूरा भएको अवसरमा यही पुस १० गते देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनमा पिपिपी मोडेलमा अघि बढाउने विकल्पमा छलफल भएको बताएका थिए । 

    “निजगढ विमानस्थलसमेतको निर्माण सुनिश्चित गरी काठमाडौँ, भैरहवा र पोखरा विमानस्थलको विस्तार तथा सञ्चालन पनि सार्वजनिक–निजी साझेदारी मोडेलमा अघि बढाउने विकल्पसमेतमा छलफल भएको छ”, उनले भनेका थिए । 

    प्रधानमन्त्रीले ठूलो खर्च भएका पोखरा र भैरहवा विमानस्थललाई पूर्ण सञ्चालनमा ल्याउन र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पहल पनि भइरहेको जानकारी दिएका थिए ।

    समितिको बैठकमा मन्त्री किरातीले निर्माण भइसकेका अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान प्रभावकारी सञ्चालनका लागि पहल भइरहेको जानकारी दिए । उनले भने, “अब, हामीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण गर्ने, काठमाडौँसहित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई नयाँ ढङ्गले सञ्चालनका लागि प्रक्रियामा अघि बढ्दैछ । चार वटै विमानस्थल पिपिपी मोडेलमा सञ्चालन गर्न छलफल भइरहेको छ । हामी  सोहीलाई आधार मानेर अगाडि बढ्दैछौँ ।”

    पर्यटनमन्त्री किरातीले ठूलो लगानीमा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल घाम तापेर बसिरहेको तथा आन्तरिक २२ वटा विमानस्थल गौचरनको रुपमा परिणत भएको उल्लेख गरे । 

    उनले काठमाडौँ विमानस्थल जति विस्तार गरे पनि अबको आठरदश वर्षपछि उडान चाप धान्न नसक्ने भएकाले विकल्पको रुपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्तथल निर्माण गर्नुपर्ने बाध्यता रहेकाले निजगढ विमानस्थल निर्माणको प्रक्रिया पनि अगाडि बढाइने जानकारी दिए । 

    बैठकमा पर्यटनमन्त्री किराती र मन्त्रालयका सचिव डा दीपक काफ्लेले मन्त्रालयअन्तर्गत निकायको कार्यप्रगति तथा पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले सम्पदा संरक्षण र प्रवद्र्धनमा भएका गतिविधिबारे समितिलाई जानकारी गराएका थिए ।

    सांसदहरु नरबहादुर विष्ट, गोमादेवी तिमील्सिना, नरपति लुहारलगायतले नारायणहिटी दरबार सङ्ग्रहालयलाई व्यवस्थित गर्न, पुरातात्विक वस्तुको जगेर्ना गर्न माग गरे । 
    –––

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार