images
images

बृहत च्याउ मेला तथा परिकार महोत्सव भोलि, ३० ओटा स्टल रहने

बृहत च्याउ मेला तथा परिकार महोत्सव भोलि, ३० ओटा स्टल रहने

शनिवार, पुस १४ २०८०
शनिवार, पुस १४ २०८०
  • बृहत च्याउ मेला तथा परिकार महोत्सव भोलि, ३० ओटा स्टल रहने

    काठमाडौँ / भोलि आइतबार जावलाखेलमा एक दिने बहृत ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना हुने भएको छ । च्याउ उत्पादक किसान संघ नेपालले 'राष्ट्रिय च्याउ दिवस'को अवसरमा च्याउ प्रवर्द्धनका लागि आइतबार अर्थात पुस १५ गते ललितपुरस्थित जावालाखेल खेलमैदानमा उक्त मेलाको आयोजना गर्ने भएको हो । 

     ‘च्याउ किसानहरूको जागरुपता, व्यवसायिक उत्पादनद्वारा आत्मनिर्भरता’ भन्ने नाराका साथ आयोजना गरिने उक्त मेलामा च्याउसँग सम्बन्धित ३० ओटा स्टलहरू रहनेछ । 

    शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघले बर्ष च्याउ दिवसको अवसरमा एक दिने च्याउ परिकार मेला तथा प्रदर्शनी कार्यक्रममा च्याउ किसानहरू, आम नागरिक, विभिन्न संघ संस्था तथा राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको विशेष उपस्थिति रहने जानकारी दिएको छ । कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म चल्नेछ । 

    च्याउको विभिन्न परिकारहरू प्रदर्शनीमा राखिनेछ । साथै, कन्य, गोभ्रे, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यवहारिक प्रदर्शनीसमेत गरिने संघका अध्यक्ष सन्तोष कार्कीले जानकारी दिए । 

    विभिन्न स्टलहरूमा भिन्न भिन्न प्रकारका च्याउ उत्पादनका लागि आवश्यक वस्तुहरूको प्रदर्शनी गरिने उनले बताए । 

    राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृति कार्यक्रमसमेत हुने महोत्सवमा निःशुल्क रूपमा प्राथमिक स्वास्थ्य उपचारको व्यवस्थासमेत हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार