images
images

डिएभी कलेजद्वारा आयोजित छैटौँ डिएभी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

डिएभी कलेजद्वारा आयोजित छैटौँ डिएभी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • डिएभी कलेजद्वारा आयोजित छैटौँ डिएभी अन्तर कलेज फुटसल प्रतियोगिता सम्पन्न
    images
    images

    काठमाडौँ / डिएभी कलेजले छैटौँ डिएभी (प्लस टु)अन्तर कलेज सिक्स ए साइड फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । 

    खेलकुदका माध्यमबाट विद्यार्थीमा अनुशासनको विकास तथा प्रतिभाशाली फुटबल खेलाडी तयार गर्ने उद्देश्यले डिएभी कलेजले उक्त प्रतियोगिता आयोजना गरेको हो । सो प्रतियोगिता माघ १६ गते संस्थाका अध्यक्ष अनिल केडियाको उपस्थितिमा शुभारम्भ गरिएको थियो । 

    कलेजको आफ्नै फुटसल मैदानमा ४० कलेजहरूका सहभागिता रहेको उक्त प्रतियोगितालाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी तथा राष्ट्रिय खेलकुद परिषदुको सदस्य तथा नाइटेङ्गल कलेजका प्रिन्सिपल रन्जना प्रधानले उद्घाटन गरेका थिए । 

    उक्त समुद्घाटन कार्यक्रममा  कृष्ण फाउण्डेशनका उप-प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया, शिव शक्ति युनिफर्मका डाइरेक्टर महेश गिरहिया, ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठ तथा फ्रन्टलाइन हस्पिटलको प्रतिनिधि उपस्थिति थियो ।

    सो अवसरमा प्रिन्सिपल सुमन बस्नेतले तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता प्लस टु तहको सबैभन्दा ठुलो धनराशिको प्रतियोगिता भएको दाबी गरे । 

    News.JPG

    साथै, उक्त प्रतियोगिताका विजयी टिमहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत, कृष्ण फाउण्डेशनका उप-प्रमुख सुजित कर्ण, एकल विद्यालय फाउन्डेसनका अध्यक्ष महावीर गिरहिया तथा ग्लोबल टचका नेसनल डाइरेक्टर निशान्त श्रेष्ठबाट संयुक्त रूपमा ट्रफी र प्रमाणपत्र वितरण गरिएको थियो ।  

    विजेता टिम डिएभी कलेजलाई रू ३ लाख नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता टिम ओमेगा कलेजलाई रू २ लाख नगद, ट्रफी र प्रमाणपत्रका साथै उत्कृष्ट खेलाडी डिएभी कलेजका भारगव सिलवाल, उत्कृष्ट गोलरक्षक ओमेगा कलेजका रिदम आले मगर र उच्च गोलकर्ता ओमेगा कलेजका योगान्त महर्जन लाई पनि जनही नगद १५ हजार रुपैयाँ, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार