images
images

एडगुरु निर्मलराज पौडेल १५ बर्षपछि फर्किए गायनमा

एडगुरु निर्मलराज पौडेल १५ बर्षपछि फर्किए गायनमा

आइतवार, पुस १५ २०८०
आइतवार, पुस १५ २०८०
  • एडगुरु निर्मलराज पौडेल १५ बर्षपछि फर्किए गायनमा

    काठमाडौँ / लामो समय पहिलेका चर्चित गायक निर्मलराज पौडेल १५ बर्षपछि पुनः गायनमै फर्किएका छन् । उनको गायनमा पुनरागमन ‘छम्म नाचौँ, छप्प नाचौँ’ बोलको गीतबाट भएको हो ।

    images
    images

    श्रब्य सामग्रीको रूपमा रहेको सो गीतको हालै दृश्य सामग्री अर्थात म्यूजिक भिडियो छायाङ्कन गरिएको छ । विशेष गरेर पर्वहरूमा नाच्ने शैलीमा तयार भएको गीतमा चर्चित कलाकारहरूले अभिनय गरेका छन् ।

    गीतमा सरोज खनाल, बिजय लामा, रमेश उप्रेती, किरण केसी, राजाराम पौडैल, निर्मल शर्मा, धिरेन शाक्य, रबीन्द्र खड्का, गजित बिष्ट, गम्भिर बिष्ट, सुनिल शिलवाल, खुस्बु खड्का, गोपाल ढकाल छन्दे, रोहित कार्की लगायतका नयाँ र पुराना चर्चित कलाकारहरूले अभिनय गरेका छन् । 

    विज्ञापन क्षेत्रमा लामो समयदेखि लागेका यस क्षेत्रका अगुवा पौडेल एडगुरु नामले समेत परिचित छन् । उनको यो पछिल्लो गीतमा निर्मलराज पौडेलको शब्द तथा स्वर, मनिष पौडेलको निर्देशन, गम्भीर बिष्टको कोरियोग्राफी, महेश पौडेलको छायाङ्कन तथा माधव थापाले छायाङ्कन तथा ब्यवस्थापन गरेका छन् । 
    पौडेलकै रचना रहेको गीतलाई मोहित मुनालले सङ्गीत दिएका छन् । ३५ बर्ष अघि हलिउड र बलिउडका बिभिन्न गीतलाई नेपाली शैलीमा परिमार्जन गरी गायन यात्रा सुरु गरेका पौडेलको ‘फेसन यो हो फेसन’ भन्ने गीत निकै चर्चित रहेको थियो । उनका ह्याप्पी लाइफ, सलल बगेको गण्डकी लगायतका गीतहरू चर्चित छन् ।

    हालैमात्र पौडेलले नेपालमा विज्ञापनको इतिहास र वर्तमान अवस्था समेटेर विज्ञापनको इतिवृत्तान्त र यस पेशा र क्षेत्रप्रति आफ्नो अनुभव समेत समेटेर एक पुस्तक ‘वेलकम आरोह अवरोह’ प्रकाशन गरेका थिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार