images
images

नेप्से परिसूचकमा ३० अङ्कको गिरावट, ४ अर्ब ४ करोडको कारोबार हुँदा हिमाल दोलखाको कारोबार शीर्ष स्थानमा

नेप्से परिसूचकमा ३० अङ्कको गिरावट, ४ अर्ब ४ करोडको कारोबार हुँदा हिमाल दोलखाको कारोबार शीर्ष स्थानमा

मंगलवार, पुस १७ २०८०
मंगलवार, पुस १७ २०८०
  • images
    images
    नेप्से परिसूचकमा ३० अङ्कको गिरावट, ४ अर्ब ४ करोडको कारोबार हुँदा हिमाल दोलखाको कारोबार शीर्ष स्थानमा

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ३० दशमलव ०५ अङ्कले घटेर दुई हजार ३० दशमलव १० को बिन्दुमा कायम भएको हो ।

    images
    images

    आज तीन सय पाँच कम्पनीको एक करोड ११ लाख ८५ हजार सात सय १२ कित्ता शेयर ८५ हजार चार सय ३५ पटक खरिद–बिक्री हुँदा रू चार अर्ब चार करोड ४६ लाख ५९ हजार नौ सय २२ बराबरको कारोबार भएको छ ।

    सबै समूहका उपसूचक रातो देखिएका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह तीन दशमलव २१ र जीवन बीमा समूह दुई दशमलव ९९ प्रतिशतले घटेका छन् । चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ, भने हिमालयन हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १६ करोड ११ लाख सात हजार नौ सय ५६ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको चार लाख १७ हजार ८८ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार