images
images

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जना मात्रै पुगे अन्तर्वार्तामा

धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जना मात्रै पुगे अन्तर्वार्तामा

आइतवार, मंसिर ९ २०८१
आइतवार, मंसिर ९ २०८१
  • धितोपत्र बोर्डको अध्यक्षका लागि दुई जना मात्रै पुगे अन्तर्वार्तामा
    images
    images

    काठमाडौँ / धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन दिएर ‘सर्टलिस्ट’मा परेका दुई जना मात्रै अन्तर्वार्तामा उपस्थित भएका छन् । ‘सर्टलिस्ट’मा तीनजनासँग आज बिहान ८ बजे पुनः अन्तर्वार्ता लिन लागिएकोमा नवराज अधिकारी र कृष्ण बहादुर कार्की मात्रै अन्तर्वार्ता दिन उपस्थित भएका हुन् । 

    यसअघि अन्तरवार्ता तथा प्रस्तुतीकरणमा छुटेका उम्मेदवारहरू तीन जनामध्ये चिरञ्जीवी चापागाईँ अन्तर्वार्तामा अनुपस्थित भएको अर्थमन्त्रालय स्रोतले जनाएको छ । गएको असोज १८ गते उनीहरूको अन्तर्वार्ता तय भए पनि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । 

    छनोट सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष शिवराज अधिकारी बिरामी भएपछि अन्तरवार्ता स्थगित भएको बताइएको थियो । 

    अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि अन्योलमा रहँदै आएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार