images
images

एडीबी र माल्दिभ्सबीच पाँच करोड पचास लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

एडीबी र माल्दिभ्सबीच पाँच करोड पचास लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

बुधवार, पुस १८ २०८०
बुधवार, पुस १८ २०८०
  • एडीबी र माल्दिभ्सबीच पाँच करोड पचास लाख अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर

    मनिला / एसियाली विकास बैङ्क (एडिबी) र माल्दिभ्सबीच माल्दिभ्समा नवीकरणीय ऊर्जा उत्पादन र वितरण विस्तारका लागि पाँच करोड पाँच लाख अमेरिकी डलरसम्मको ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

    images
    images

    सम्झौतापछि माल्दिभ्सका लागि एडीबीका उपमहानिर्देशक सिन्डी माल्भिसिनीले भन्नुभयो, “यो परियोजना माल्दिभ्सको ऊर्जा सुरक्षा बढाउन र ऊर्जा क्षेत्रको दिगो रूपान्तरणलाई सहज तुल्याउन तयार गरिएको कार्यक्रम हो ।”

    माल्दिभ्सका अर्थमन्त्री मोहम्मद शफीकले भन्नुभयो, “विशेष गरी ऊर्जा, यातायात, पानी र शहरी पूर्वाधार र सार्वजनिक क्षेत्रको व्यवस्थापनको क्षेत्रमा बैङ्क माल्दिभ्समा ‘महत्वपूर्ण विकास साझेदार’ रहेको छ ।” 

    शफीकले भन्नुभयो, “नवीकरणीय ऊर्जा क्षेत्रको विस्तार गर्ने हाम्रो यात्राप्रति बैङ्क र अन्य साझेदारको प्रतिबद्धता देखेर म पनि हर्षित छु ।”

    कार्यक्रम अन्तर्गत समुद्रमा आधारित फ्लोटिङ सोलार प्यानल, सामुद्रिक ऊर्जा उपकरण, साना एअर टर्बाइन र फ्लो ब्याट्रीजस्ता उदीयमान प्रविधिहरू स्थापना गरिने एडीबीले जनाएको छ ।

    एडिबीको सहयोगमा एसियाली विकास कोषबाट चार करोड १५ लाख डलर, साधारण पुँजीगत स्रोतबाट ८५ लाख डलर सहुलियतपूर्ण ऋण र जलवायु परिवर्तन कोषबाट पाँच लाख डलर अनुदान रहेको बैङ्कले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार