images
images

बेलायत ईयूसँग व्यापारिक सम्बन्ध पुनर्स्थापना गर्न खोज्दैछ : बेलायती व्यापारमन्त्री

बेलायत ईयूसँग व्यापारिक सम्बन्ध पुनर्स्थापना गर्न खोज्दैछ : बेलायती व्यापारमन्त्री

मंगलवार, कार्तिक ६ २०८१
मंगलवार, कार्तिक ६ २०८१
  • बेलायत ईयूसँग व्यापारिक सम्बन्ध पुनर्स्थापना गर्न खोज्दैछ : बेलायती व्यापारमन्त्री
    images
    images

    बेलायतले तत्काल युरोपेली सङ्घ (ईयू)सँग आफ्नो व्यापारिक सम्बन्ध पुनर्स्थापित गर्न खोजिरहेको र अन्तर्राष्ट्रिय वाणिज्यलाई बेलायतको वृद्धिलाई पुनर्जीवित गर्ने औजारको रुपमा हेरिरहेको व्यापारमन्त्री डगलस अलेक्जन्डरले बताएका छन् । 

    अलेक्जान्डरले सन् २०१६ मा बेलायतले ईयूबाट बाहिरिने पक्षमा गरेको मतदानले यसको व्यापार नीतिमा अवरोध ल्याएको र देशले आफ्नो विश्वव्यापी व्यापार दृष्टिकोणलाई संशोधन गर्न आवश्यक रहेको बताएका छन् । 

    सन् २०२५ को वसन्तमा प्रकाशित हुने संशोधित, दीर्घकालीन बेलायत व्यापार रणनीतिलाई एकसाथ राख्ने योजनाको एक हिस्साको रूपमा उहाँ विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ)का प्रमुखलाई भेट्न सोमबार जेनेभा आएका हुन् । 

    “नयाँ सरकारको रूपमा हामी युरोपेली सङ्घमा हाम्रा मित्र र साझेदारसँगको सम्बन्ध पुनर्स्थापित गर्न र विश्वभरिका बजारसँग स्वतन्त्र व्यापार सम्झौता र नयाँ अवसरहरू पछ्याउन धेरै उत्सुक छौँ”, उनले भने । 

    अलेक्जन्डरले बेलायती अर्थतन्त्रको वृद्धि स्टारमर सरकारको महत्वपूर्ण एजेन्डा रहेको बताए । “बेलायतको ४७ प्रतिशत व्यापार अझै पनि युरोपेली सङ्घसँग छ । त्यसैले हामीले सम्बन्ध पुनर्स्थापित गर्न जरुरी छ”, उनले भने । 

    “मेरो जेनेभा भ्रमणको उद्देश्य सुन्नु र सिक्नु थियो, र व्यापार रणनीतिको वरिपरि मेरो उदाउँदो सोचमा डब्ल्यूटीओको स्थानको बारेमा कसरी सोच्न सकिन्छ भनेर ढाँचा बनाउनुथियो”, उनले थपे । 

    युरोपेली आयोग डब्ल्यूटीओको १६६ सदस्यहरू मध्ये एक हो, तर, सन् २०२० मा बेलायतले अन्ततः ब्लक छोडेपछि लण्डनले अब जेनेभामा आधारित विश्वव्यापी व्यापार निकायमा आफ्ना लागि वार्ता गरिरहेको छ। 

    व्यापारमन्त्रीले विश्व व्यापार सङ्गठनलाई ‘अन्तर्राष्ट्रिय सहयोगको अपरिहार्य संस्था’ को रूपमा हेरेको र अगस्टमा पहिलो कार्यकाल समाप्त भएपछि दोस्रो कार्यकालका लागि महानिर्देशक एनगोजी ओकोन्जो–इवेलालाई दृढतापूर्वक समर्थन गर्ने बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार