images
images

१५ बर्षपछि खोसियो हसिनाको हातबाट सत्ता, के हो उनको पतनको कारण ?

१५ बर्षपछि खोसियो हसिनाको हातबाट सत्ता, के हो उनको पतनको कारण ?

हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप

मंगलवार, साउन २२ २०८१
मंगलवार, साउन २२ २०८१
  • १५ बर्षपछि खोसियो हसिनाको हातबाट सत्ता, के हो उनको पतनको कारण ?

    सरकारी जागिरमा आरक्षणको विषयप्रति प्रश्न उठाउँदै विद्यार्थीहरूले सुरु गरेको आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिनाको पद मात्रै गएन मुलुकै छोडेर भाग्नुपर्यो । 

    यो उनको पाँचौँ कार्यकाल थियो। यद्यपि उनको सरकार एक वर्ष पनि टिकेन। गत जनवरीमा भएको निर्वाचनबाट प्रधानमन्त्री चुनिएकी उनी राजीनामा दिएर विदेश पलायन हुन बाध्य भइन्।

    हाल भारतमा रहेकी शेख हसिनाले बंगलादेशको प्रधानमन्त्री पदबाट राजीनामा दिएसँगै मुलुक छाड्नुपरेको थियो । 

    शेख हसिनाको विमान भारतको गाजियाबादको हिन्डन एयरबेसमा अवतरण गरिएको थियो । अब शेख हसिना अब त्यहाँबाट कहाँ जान्छिन् भन्ने स्पष्ट छैन। अर्कोतर्फ, बंगलादेशमा आन्दोलनकारी सडकमा उत्रिरहेकै छन् । Bangaladesh confilt.JPG

    सोमबार दिउँसो प्रधानमन्त्री निवासमा पसेर लुटपाटपछि उनीहरूले अवामी लिगका धेरै सांसद र मन्त्रीहरूको कार्यालय र घरमा पनि आक्रमण गरी आगजनी गरेका थिए । 

    यतिबेला विश्वको नजर बंगलादेश छ । शेख हसिना भारतमा रहेकोले विश्वको ध्यान भारतमासमेत खिचिएको छ ।

    हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने साथै प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो । 

    जनताले तोडे मुजिबुर रहमानको शालिक 

    सन् १९७१ मा बंगलादेशलाई स्वतन्त्रता दिलाउने शेख मुजिबुर रहमान हुन् । उनलाई बंगलादेशका जनताले राष्ट्रपिताको उपाधी दिएका थिए ।

    ५ दशकभित्रै त्यो प्रेम  घृणामा परिणत भएको छ । बंगलादेशका जनता आफैंले मुजिबुर रहमानको मूर्तिमा तोडेका छन् । 

    बंगलादेशका संस्थापक बंगबन्धु भनेर चिनिने मुजिबुर रहमानको शालिक तोड्नुको कारण बंगलादेशमा लोकतन्त्रकी ‘आइरन लेडी’ भनेर चिनिने उनकी छोरी शेख हसिना नै हुन् भन्ने प्र्रश्नसमेत उठिरहेका छन् । 

    शेख हसिना सोमबार दिउँसो २ः३० बजे ढाकास्थित प्रधानमन्त्री निवासबाट सेनाको हेलिकप्टरमा बंगलादेश छोडेकी थिइने । 

    शेख हसिनाले प्रधानमन्त्री पदका साथै देश छाडेर हिडिन् । जहाँ उनका पिता मुजिबुर रहमानले बंगलादेश निर्माणका लागि लडेका थिए । त्यही देशमा उनकी छोरीले सत्तामा रहँदा लिएका केही तानाशाही निर्णयहरूका कारण जनताले विद्रोह सुरु गरे । 

    आन्दोलनकारीहरूले कक्सबजारस्थित सरकारी भवनको भित्तामा कुँदिएको मुजिबुर रहमानको तस्बिरमा जेसीबी लगाएका छन् । 

    तानाशाही सहदैनन् जनता 

    शेख हसिनाले १५ बर्षसम्म सम्हालेको प्रधानमन्त्री पद छोडेर ४५ मिनेटमै देश छोड्नुको प्रमुख कारण के हो ?

    शेख हसीनाको पिताको कारण पूर्वी पाकिस्तानको रूपमा नक्सामा भएको पाकिस्तानको एक छेउले बंगलादेशको रूपमा पहिचान पायो ।

    उनकै सम्झनामा ढाका एयरर्पोट बाहिर  मुजिबुर रहमानको सम्झनामा बनेको स्मारकलाई पनि आन्दोलनकारीहरूले जेसीबी र बुलडोजर लगाएर तोडेका छन् । 

    बंगलादेशमा शेख हसिना सत्ताच्युत भएपछि मुजिबुर रहमानविरुद्ध आक्रोश पोखिरहेका यी दृश्यहरूले १५ बर्षदेखि चुनाव जिते पनि जनता तानाशाही सहदैनन् भन्ने पुष्टि गर्दछ। 

    साथै, यो घटना यसको पनि प्रमाण हो कि देशमा अर्थतन्त्र बलियो बनाए पनि जनताले दमन र मनोमानी सहदैनन् । 

    शेख हसिनाको तानाशाहीले बंगलादेशलाई यस्तो देशमा परिणत गरेको छ जहाँ सैनिकहरू नै प्रधानमन्त्री देश छोडेर भागेकोमा खुशी छन् । 

    Bangala.JPG

    जहाँ प्रधानमन्त्रीले राजीनामा दिएर ढाका छोडेको केही समयपछि नै शेख हसिनाको तस्विर नष्ट हटाउँदै त्यहाँका सेनाहरू सत्ता सम्हाल्ने बताइरहेका छन् । 

    अब सेनालाई हस्तान्तरण हुन्छ सत्ता ?

    शेख हसिनाले देश छोडेसँगै सेनाहरूले केन्द्रबाट उनको तस्बिर हटाउन थाले र भन्न थाले बंगलादेशमा एक हसिना थिइन्...

    बंगलादेशको प्रमुख विपक्षी दलकी प्रमुख खालिदा जियाले पनि जनतालाई शान्ति कायम गर्न अपिल गरेकी छन्।  साथै, सेनाले पनि जनतालाई शान्त रहन आग्रह गरेको छ ।

    यसैबीच, सोमबार साँझ बंगलादेशमा भीडले कुमिल्ला अवामी लिगका सांसद बहाउद्दीन बहरको घर तोडफोड र आगजनी गरेको छ ।

    बहाउद्दीन बहर बाहेक अन्य धेरै सांसदको घरलाई पनि निशाना बनाइएको छ ।

    पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको हो । तर दुवै देशको नियति प्रायः उस्तै रह्यो। जस्तै सेनाले सत्ता सम्हाल्नु र नेताहरू कठपुतली बन्नु । 

    andolan.JPG

    तर शेख हसिनाले सैन्य शासित बंगलादेशलाई स्थायित्व दिएकी थिइन् । उनी सेनाको कठपुतली बनिन, । संसारको सबैभन्दा लामो समयसम्म निरन्तर सत्तामा रहने महिला शासक शेख हसिनाको निरंकुश नेताको छविका कारण सेनालाई सत्ता हस्तान्तरण गरिन् । 

    आरक्षण सम्बन्धी निर्णय शेख हसिनालाई भारी 

    बंगलादेशको अहिलेको समस्याको जड १८ दिनअघि ढाकामा विद्यार्थी आन्दोलन हो । समस्याको जड विद्यार्थी आन्दोलन रोक्न विश्वविद्यालयको छतमा सुरक्षाकर्मीलाई पठाइएको हेलिकप्टर र प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर शेख हसिनाको उडिरहेको हेलिकप्टरबीच छ । 

    १८ जुलाईमा, बंगलादेशको विश्वविद्यालय भित्र प्रदर्शन गरिरहेका विद्यार्थीहरूलाई रोक्न सुरक्षा बलहरू हेलिकप्टरबाट पठाइएको थियो । त्यहाँ प्रदर्शन रोक्न प्रहरीले गोली समेत चलाएको थियो । 

    Bangaldes.JPG

    जहाँ रबरको गोली चलाइएको थियो । सरकारले प्रदर्शनकारीलाई रोक्न लिएको निर्णयको कारण कयौले ज्यान गुमाएका थिए । 

    के आरक्षण निर्णयले बंगलादेशमा विद्रोहको नेतृत्व गरको हो । जसका कारण शेख हसिनाले मुलुक छोड्नु पर्यो र बंगलादेशलाई अस्थिर बनायो ।

    सन् २००९ देखि सत्तामा रहेकी शेख हसिनाले सन् २०२९ मा छैटौं पटक सत्तामा आउने दाबी गर्न थालेकी थिइन् । अहिले सेनाको कमाण्डले अन्तरिम सरकार गठनमा भूमिका खेलेको छ। 

    अहिले देशमा सेनाको कमाण्ड छ । यसबीचमा प्रधानमन्त्री निवासदेखि बंगलादेशका सडकसम्म लुटपाट, गुण्डागर्दी र आगजनी भइरहेको छ ।

    प्रधानमन्त्री निवासको ओछ्यानमा सुते आन्दोलनकारी

    प्रधानमन्त्री निवास जसलाई बंगलादेशमा गण भवन भनिन्छ। मानिसहरूलाई त्यहाँ प्रवेश गर्न रोक्ने कोही देखिँदैन। 

    प्रधानमन्त्री निवासभित्र मानिसहरु तोडफोड गरेको देखिन्छ। भिडियोमा ढाकास्थित प्रधानमन्त्री निवासभित्र ओछ्यानमा सुतिरहेका एक व्यक्ति खुसी देखिएका थिए । 

    यो भिडियोले बंगलादेशका जनता क्रोधित थिए र अब उनीहरुको क्रोध बाहिर निस्किरहेको छ भन्ने पुष्टि गर्छ ।

    सत्तामा बस्नेहरु निरंकुश मात्र नभएर जनताको मेहनतको पैसा पनि लुट्ने गरेको आन्दोलनकारीहरूले बताएका छन् । 

    त्यसैले अधिनायकवादबाट पीडित जनताले अवसर पाएपछि आस्थाको कुरा पनि बिर्सन्छन् । शेख हसिनाले अब राजनीतिमा नआउने बताइसकेकी छन् । 

    Shekh hasina.JPG

    हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् । 

    परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताए ।

    जोयका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् । 

    पछिल्लो घटनाक्रमका कारण आफ्नी आमा निराश बनेको पनि उनले बताए । 

    लड्खडाइरहेको राज्यलाई हसिनाले एसियाको उदीयमान अर्थतन्त्र बनाएको तर आफूले दिएको योगदानको यो फल मिलेकोमा उनी निराश बनेको पनि बताइएको छ ।

    बङ्गलादेशमा हिंसा भड्काउन पाकिस्तानको गुप्तचर एजेन्सी आइएसआइएको हात रहेको आफ्नो आशङ्का भएको जोयले बताएका छन् ।

    सडकमा रक्तपात नहोस् भनेर आफ्नी आमाले बङ्गलादेश छाडेको पनि जोयले बताएका छन् ।

    हसिनाको शासनकालमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू रिहा

    बङ्गलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तिहरू मङ्गलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।

    ‘हामीलाई जवाफ चाहिन्छ’, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाईको माग गर्दै अभियान चलाइरहेको ‘आमाहरूको आह्वान’  समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भने । 

    अधिकारकर्मीहरुले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी ’जमात–ए–इस्लामी’का कार्यकर्तासहित लगभग ६००  जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन्  ।

    टुलीले बताएअनुसार कम्तिमा २०  परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् ।

    सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौंको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका छन् । 

    बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्व प्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो । 

    विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मङ्गलबार रिहा भएका हुन् ।

    Bangalades.JPG

    “उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ”, पारिवारिक साथी र आफन्त मासुम खलिलीले बताए । 

    हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ । 

    सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १००  जना अझै पनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो । 

    हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार