images
images

अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात

अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात

सोमवार, पुस २३ २०८०
सोमवार, पुस २३ २०८०
  • अफगानिस्तानबाट ८ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात

    अफगानिस्तानले विगत आठ महिनामा २७ मिलियन अमेरिकी डलरको केशर निर्यात गरेको छ । उद्योग तथा वाणिज्य मन्त्रालयका प्रवक्ता अखुन्दजादा अब्दुल सलाम जवादले आइतबार सो तथ्याङ्क सार्वजनिक गरेका हुन् ।

    images
    images

    लगभग १८ हजार ६२० किलोग्राम बहुमूल्य केशर निर्यात भएको टोलोन्युजले उल्लेख गरेको छ ।

    अफगानिस्तानमा स्थानीय रूपमा ूरातो सुनू भनेर चिनिने मूल्यवान् मसला प्रायः भारत, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, टर्की, इन्डोनेसिया, स्पेन, जर्मनी, संयुक्त राज्य अमेरिका र बेलायतमा निर्यात हुने गरेको जावादले बताएका छन् । पश्चिमी हेरात प्रान्तमा केशरको अत्यधिक खेती गरिएको छ।

    यसैबीच, कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयले द्वन्द्वग्रस्त मुलुकका अन्य प्रदेशमा पनि केशर खेतीलाई प्रवर्द्धन गर्ने प्रयासस्वप २ सय कृषकलाई तालिम प्रदान गरेको जनाएको छ ।

    अफगानिस्तानका निर्यात हुने प्रमुख वस्तुहरूमा कोइला, केशर, ताजा र सुख्खा फलफूल, हातले बुनेको गलैँचा र बहुमूल्य ढुङ्गा (पत्थर) आदि पर्दछन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार