images
images

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीन सिटमा आठको मनोनयन दर्ता

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीन सिटमा आठको मनोनयन दर्ता

मंगलवार, पुस २४ २०८०
मंगलवार, पुस २४ २०८०
  • राष्ट्रियसभा निर्वाचन : गण्डकीमा तीन सिटमा आठको मनोनयन दर्ता
    कास्की / राष्ट्रियसभा सदस्य निर्वाचन-२०८० का लागि गण्डकी प्रदेशमा तीन सिटमा आठजनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । दलहरुले आज निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारीको मनोनयन दर्ता गराएका हुन् । 
     
    गण्डकीमा सत्तागठबन्धमा रहेका नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र),  नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् । 
     
    सत्तागठबन्धनबाट अन्य समूहमा नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठ (गोरखा), महिलातर्फ नेकपा (माओवादी केन्द्र)का मनरुपा शर्मा (पर्वत) र अपाङ्गता/अल्पसङ्ख्यक समूहमा नेपाली कांग्रेसका पदमबहादुर परियार (तनहुँ)ले मनोनयन दर्ता गराएका छन् । 
     
    नेकपा (एमाले)का तर्फबाट अन्य समूहमा चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता/अल्पसङ्ख्यकमा हेमन्त शेरचन (मुस्ताङ) र महिलामा सम्झना देवकोटा (गोरखा)ले उम्मेदवारी दर्ता गराएका छन् । 
     
    यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि दुई पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ । अन्य समूहमा कास्कीका रोमबहादुर भण्डारी र महिलामा तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा गण्डकीमा अन्य, महिला र अपाङ्गतारअल्पसङ्ख्यक समूहबाट एक/एकजना निर्वाचित हुनेछन् ।
     
    राष्ट्रियसभाका अध्यक्षसमेत रहनुभएका गणेशप्रसाद तिमिल्सिना, राष्ट्रियसभा सदस्यद्वय दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल सकिन लागेकाले चुनाव हुन लागेको छ । 
     
    तिमिल्सिना अन्य, गुरुङ महिला र पन्थ अपाङ्गता/अल्पसङ्ख्यक समूहबाट निर्वाचित भएका थिए । अध्यक्ष तिमिल्सिना र गुरुङ नेकपा (एमाले) र पन्थ कांग्रेसबाट राष्ट्रियसभामा निर्वाचित भएका थिए । गण्डकी प्रदेशमा प्रदेशसभाका ६० र स्थानीयतहका प्रमुखरउपप्रमुख एक सय ७० गरी दुई सय ३० जना मतदाता छन् । 
     
    निर्वाचनमा प्रदेशसभा सदस्यको ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको १९ मतभार तोकिएको निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभातर्फ तीन हजार एक सय ८० र स्थानीय तहतर्फ तीन हजार दुई सय ३० गरी कूल छ हजार चार सय १० मतभार छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार