images
images

पाथीभरा केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपा सांसद् तोसिमा कार्कीको माग

पाथीभरा केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपा सांसद् तोसिमा कार्कीको माग

आइतवार, फागुन ११ २०८१
आइतवार, फागुन ११ २०८१
  • images
    images
    पाथीभरा केबलकार निर्माणका काम तत्काल रोक्न रास्वपा सांसद् तोसिमा कार्कीको माग
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले ताप्लेजुङको पाथीभर (मुकुम्लुङ) मा केबलकार निर्माणका कार्यहरू तत्कालका लागि रोक्न माग गरेकी छन् ।

    images
    images

    आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले तत्काल निर्माण कार्य रोकी आन्दोलनरत पक्षसँग वार्ता गरि सहमति गर्न र थुनामा रहेका नागरिकलाई तत्काल रिहा गर्न माग गरेकी हुन् । 

    उनले भनिन्, “पटक पटक प्रहरी प्रशासन र नागरिकबीच झडप हुने, आन्दोलनकारीहरू घाइते हुनेहुँदै आइरहेको छ । गोलीसमेत चल्ने र करोडौँको क्षति हुने गरेको छ । हिजोमात्र त्यहाँ अशान्त र असामान्य स्थिति देखापर्यो । अहिले निषेधाज्ञा लागेको छ ।”

    राज्यको अकर्मण्यताका कारण नागरिकहरू ‘एस’ केवलकार र ‘नो केवलकार’ को रूपमा विभाजित भएको उनले बताइन् । 

    नागरिकहरू अराजक र आक्रोशित भएको उल्लेख गर्दै उनले थपिन्, “सरकारले उचित निकास दिन सकेका छैन । समाजवादको नारा भजाउने पार्टीहरू नै सरकारमा छन्, ‘सरकारले जनताप्रति देखाएको अभिभावकत्व यही हो त ?  त्यहाँ संरचनहरू बनाउँदा विवादरहित बनाउनेपर्ने दायित्व त्यहाँको सम्बन्धित आयोजना समिति र राज्यको हो । तर, त्यसो भएन ।”

    माघ २२ गते भएको सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै उनले थपिन्, “निशर्त रिहा गर्ने भनिएकोमा धरौटीमा रिहा गरिएको छ । सहमति उल्लङ्घन भएको छ । नागरिकप्रति विश्वास डगमगाएको छ । जुन ठाउँमा विकास निर्माणको काम हुँदैछ । त्यही ठाउँमा नागरिकलाई लाठ्ठी प्रहार गरेर, नागरिकमाथि गोली प्रहार गरेर, जनता मारेर गरिने विकासलाई विकास भन्ने कि विनास ? । हामी समग्र पार्टीको तर्फबाट यो निर्माण कार्य तत्काल रोक्न माग गर्दछौँ ।”

    साथै उनले आन्दोलनकारी र सरकारबीच भएको सहमित सरकारले उल्लंघन गरेको बताइन् । आन्दोलनकारीलाई गोली हानेर विकास नहुने उनको भनाइ छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार