images
images

ब्रिटिस काउन्सिलले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ बार्षिकोत्सव मनाउँदै

ब्रिटिस काउन्सिलले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ बार्षिकोत्सव मनाउँदै

बुधवार, पुस २५ २०८०
बुधवार, पुस २५ २०८०
  • ब्रिटिस काउन्सिलले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ बार्षिकोत्सव मनाउँदै

    काठमाडौँ / ब्रिटिस काउन्सिल नेपालले साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढिकरणको ६५औँ बार्षिकोत्सव मनाउने भएको छ । काउन्सिलले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावबारे ६५औँ वर्ष स्मरण गर्नेछ । 

    images
    images
    images
    images

    बेलायत नेपालमैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरूबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्ने बताइएको छ ।नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोषेढुङ्गाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । 

    सो अवसरमा उनले भने, “बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहरूबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरूलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।” 

    त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भने, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरूलाई सङ्केत गर्दछ । दुई शताब्दीभन्दा लामो द्विपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरूबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ ।”

    बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रूपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसयता, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरूमा यो भरपर्दो साझेदारका रूपमा बिकास भएको छ, जसका प्रभाव लाखौँ जनताहरूबीच पुगेका छन् । ब्रिटिस काउन्सिल नेपालको देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरे । 

    “विगतका ६ दशकहरूमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरूसँग मिलेर लाखौँबीच पुग्न सकेका छौँ । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रूपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,” उनले जोड दिए ।

    लण्डनस्थित मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरूमा गरेका प्रयासहरू र उल्लेख्य योगदानहरूलाई प्रष्टाएको छ । 

    विगतका ६५ बर्षहरूमा ब्रिटिस काउन्सिलले साझेदारीहरूलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रमहरूमार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।

    प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार