images
images

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द

नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द

आइतवार, पुस २९ २०८०
आइतवार, पुस २९ २०८०
  • नारायणगढ मुग्लिन सडक माघ २० सम्म दैनिक ४ घण्टा बन्द
    images
    images

    काठमाडौँ / गत पुस ७ गतेदेखि दैनिक ४ घण्टा बन्द हुँदै आएको नारायणगढ मुग्लिन सडकखण्ड थप तीन हप्ता बन्द हुने भएको छ । 

    तुइन खोलामा पुल बनाउने फाउण्डेसन बनाउन पहाड काट्ने प्रयोजनका लागि पुस ७ गतेदेखि २८ गतेसम्म तीन हप्ताका लागि सडक बन्द गरेर काम थालिएको थियो ।

    तर, तोकिएको समयभित्र पहाड काट्ने काम पुरै नसकिएपछि जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले थप ३ साताका लागि सडक बन्द गरेर पहाड काट्ने निर्णय लिएको हो ।

    एक सुचना जारी गर्दै पुस २८ गतेदेखि माघ २० सम्म दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर पहाडको चट्टान काट्ने काम गरिने जनाएको छ । 

    गत वर्ष पनि सो खण्डमा पुलका लागि भन्दै पुस ५ गतेबाट सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । यो सडक खण्डमा बन्ने नयाँ १९ वटा पुलमध्ये यहीँ तुइन खोलाको पुलको काम मुख्य रुपमा बाँकी छ । अन्य धेरैजसो पुल सञ्चालनमा आएका छन् भने, तीन पुल सञ्चालनको तयारीमा छन् ।

    1.JPG

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार