काठमाडौँ / माछापुच्छ्रे बैंकको १ करोड १२ लाख बढी कित्ता शेयर आज माघ ५ गतेबाट बिक्रीमा राखिएको छ।
बैंकले संस्थापक समूहको १ करोड १२ लाख ३२ हजार ४९२ कित्ता शेयर बिक्रीमा राखेको हो। यो शेयरमा योग्य इच्छुक विद्यमान वा जोकोही व्यक्ति, फर्म, कम्पनी, संघ र संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिएको शेयरको न्यूनमत मूल्य ११३ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले माघ १५ गतेसम्म खरिद आवेदनदिन सक्नेछन्।
बोलपत्र काठमाडौँको सुन्धारास्थित जेडीए कम्प्लेक्समा रहेको धितोपत्र बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटलमा पेस गर्न सक्नेछन्।