images
images

६ महिनामै थपियो ८५ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व कति ?

६ महिनामै थपियो ८५ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व कति ?

पछिल्लो आंकलन अनुसार प्रत्येक नेपालीको काँधमा ८१ हजार ७ सय ५९ रुपैयाँ सरकारी ऋण दायित्व देखिएको ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

सोमवार, माघ ८ २०८०
सोमवार, माघ ८ २०८०
  • ६ महिनामै थपियो ८५ अर्ब सार्वजनिक ऋण, प्रतिव्यक्ति ऋण दायित्व कति ?
    images
    images

    काठमाडौँ / चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ६ महिनामै ८५ अर्ब १३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।

    सार्वजनिक ऋण व्ययवस्थापन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ६ महिनामा नै ८५ अर्ब १३ करोड रूपैयाँ बराबर सार्वजनिक ऋण थपिएको जनाएको हो । 

    २०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड रहेको सार्वजनिक ऋण ६ महिना (साउन–पुस) मा ८५ अर्ब १३ करोडले बढेर २३ खर्ब ८४ अर्ब ४८ करोड पुगेको कार्यालयको तथ्याङ्कमा छ ।

    हालसम्म सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रूपैयाँ छ भने बाह्य ऋण ११ खर्ब ८६ अर्ब ४४ करोड रूपैयाँ छ।चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले लिएको कुल सार्वजनिक ऋण १ खर्ब ६२ अर्ब ५८ करोड रूपैयाँ हो।

    यसै अवधिमा सरकारले आन्तरिक र बाह्य ऋणको साँवावापत ७७ अर्ब ४५ करोड रूपैयाँ भुक्तानी पनि गरेको छ। सो आधारमा ६ महिनामा सार्वजनिक ऋणको खुदवृद्धि ८५ अर्ब १३ करोड रूपैयाँले बढी हो। सार्वजनिक ऋण बढ्दै जाँदा ब्याज भुक्तानीमा सरकारले खर्च बढ्न थालेको छ।

    सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ६ महिनामा आन्तरिक ऋणको ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड रूपैयाँ खर्च भएको छ।  त्यस्तै बाह्य ऋणको ब्याज भुक्तानी गर्न चार अर्ब ९३ करोड रूपैयाँ खर्च भएको छ। चालु वर्षको ६ महिनामा उठेको राजस्वको ७.८ प्रतिशत रकम ब्याज तिर्न खर्च भएको छ।

    प्रतिव्यक्ति ऋण हिस्सा ६ महिनामै बढ्यो २९ सय १८ रुपैयाँ ! 

    तथ्यांकअनुसार चालु आव पहिलो ६ महिनासम्म प्रतिव्यक्ति ऋण हिस्सा ८१ हजार ७ सय ५९ रुपैयाँ पुगेको छ । यस अवधिसम्मको कुल सार्वजनिक ऋणलाई नेपालको २०७८ सालको आधिकारिक जनसंख्या २ करोड ९१ लाख ६५ हजार ५ सय ७८ मा भाग लगाउँदा त्यति रकम पर्न आउँछ । असार मसान्तसम्म प्रतिव्यक्ति ऋण हिस्सा ७८ हजार ८ सय ४० रुपैयाँ थियो ।

    २०८०ं/८१ का सार्वजनिक ऋणको संक्षिप्त प्रगति विवरण (रु.हजारमा)

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार