images
images

बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ८० अर्ब झिक्दै, निक्षेप उपकरण बोलकबोल आजै

बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ८० अर्ब झिक्दै, निक्षेप उपकरण बोलकबोल आजै

बुधवार, पुस २४ २०८१
बुधवार, पुस २४ २०८१
  • बैंकहरूमा पैसा थुप्रिएपछि राष्ट्र बैंकले ८० अर्ब झिक्दै, निक्षेप उपकरण बोलकबोल आजै
    images
    images

    काठमाडौँ / बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य रकम) धेरै भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार ८० अर्ब रुपैयाँ झिक्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत २१ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।

    उक्त उपकरण माघ ९ गते परिपक्व हुनेछ । बोल गर्न सकिने रकम घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

    सावाँ तथा ब्याज भुक्तानी आगामी माघ ९ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । राष्ट्र बैंकका अनुसार निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । 

    बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् ।

    निक्षेप सङ्कलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँट गरिनेछ ।

    समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्कासित रकमभन्दा बढी भएमा ‘प्रो(रेट बेसिस’मा बाँडफाँट गरिनेछ । निक्षेप सङ्कलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित सङ्कलित निक्षेप रकम सम्बन्धित बैंकको यस बैंकस्थित खातामा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ ।

    अहिले बजारमा झण्डै ७ खर्ब रुपैयाँ बराबरको तरलता रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार