रवि लामिछानेले फ्लाइट क्यान्सिल गरे, अब आफ्नै गाडिबाट हिँडे काठमाडौँ

रवि लामिछानेले फ्लाइट क्यान्सिल गरे, अब आफ्नै गाडिबाट हिँडे काठमाडौँ

शुक्रवार, पुस २६ २०८१
शुक्रवार, पुस २६ २०८१
  • images
    images
    रवि लामिछानेले फ्लाइट क्यान्सिल गरे, अब आफ्नै गाडिबाट हिँडे काठमाडौँ

    पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने आफ्नै गाडिमा काठमाडौँ हिँडेका छन् । दिउँसो २ बजेको फ्लाइट क्यान्सिल गरेर उनी आफ्नै गाडिबाटै काठमाडौँ स्थलमार्ग हुँदै हिँडेका हुन् । उनी आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने तयारीमा छन् ।

    कास्की जिल्ला अदालतले तोकेको ६५ लाख रुपियाँ धरौटी बैंक ग्यारेन्टी राखेर ८४ दिनपछि बिहिबार राती हिरासतमुक्त भएका लामिछाने आज आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने भएका हुन् ।

    बिहिबार राती हिरासतमुक्त भएपछि उनी जिल्ला प्रहरी कार्यालय कास्की नजिकै रहेको फिस्टेल अस्पतालमा पुगेर स्वास्थ्य परीक्षण गराएर पोखराको लेकसाइडस्थित उनका सहकर्मीहरू बसेको होटलमा बस बस्न पुगेका थिए भने राती नै उनले आफ्ना शुभचिन्तक, आफन्त, नेता र कार्यकर्ताहरूलाई भेटेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय