images
images

२३ औं सशस्त्र प्रहरी दिवसको झलकहरु

२३ औं सशस्त्र प्रहरी दिवसको झलकहरु

बुधवार, माघ १० २०८०
बुधवार, माघ १० २०८०
  • २३ औं सशस्त्र प्रहरी दिवसको झलकहरु

    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा मंगलबार आयोजित ‘२३ औं सशस्त्र प्रहरी दिवस २०८०’ विशेष सन्ध्याकालिन समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरिक भएका थिए । 

    images
    images

    सो अवसरमा प्रधानमन्त्री प्रचण्डले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाए । अमर सशस्त्र प्रहरीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण समेत गरे । 

    apf army3.jpg
    समारोहमा प्रधानमन्त्री प्रचण्डले अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठलाई ‘एपीएफ लाईफ टाइम अचिभमेन्ट अवार्ड’ तथा यस वर्ष उत्कृष्ट बाहिनी हुन सफल सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाहलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे । 

    apf army 9.jpg
     सशस्त्र प्रहरी बल, नेपालले २०६४ सालको निर्वाचनमा निभाएको नेतृत्वदायी भूमिका तथा २०७०, २०७४ र २०७९ सालमा सम्पन्न तीनै तहको निर्वाचन निश्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गराउन खेलेको महत्पूर्ण भूमिकाप्रति प्रधानमन्त्ती प्रचण्डले धन्यवाद ज्ञापन गरे । 

    apf army6.jpg

    प्रहरी बलले २०७२ सालको महाभूकम्प तथा पछिल्लो समय बझाङ, जाजरकोट र रुकुम पश्चिममा गएको बिनासकारी भूकम्पलगायत विभिन्न समयमा घटेका प्राकृतिक तथा मानव सृजित विपद्मा कर्तव्यनिष्ठ तथा बहादुरीपूर्वक खटिएर जनताको जीवन रक्षामा पु¥याएको योगदान उल्लेखनिय  थियो । 

    apf prachanda .jpg

    नेपालको सीमा सुरक्षार्थ समर्पित फौजको रुपमा हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकुलताका बावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएका सशस्त्र प्रहरी बल, नेपालका राष्ट्रसेवकहरुको योगदान धेरै नै महत्वपूर्ण रहेको छ, प्रधानमन्त्रीले भने, ‘नेपालको सीमा सुरक्षार्थ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थापनसहित थप प्रभावकारी रुपमा परिचालन गर्न नेपाल सरकारको तर्फबाट प्रतिवद्धता व्यक्त गर्दछु ।’ 

    apf army1.jpg

    आधुनिक हातहतियार, गोलीगठ्ठा विपद् व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक संचार तथा उपकरणहरु र जनशक्तिका लागि नेपाल सरकारकोतर्फबाट आवश्यक पहल भईनै रहेको र भविष्यमा समेत व्यवस्थापकिय पक्षलाई केन्द्रमा राखेर नेपाल सरकारबाट सहयोग रहने प्रतिवद्धता प्रधानमन्त्रीको थियो । 

    apf army 9.jpg

     यस्तैगरी  उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले विभिन्न आरोह अवरोह पार गर्दै देश र जनताको भरोसा योग्य सुरक्षा निकायको रुपमा स्थापित सशस्त्र प्रहरी बल नेपालप्रति हार्दिक आभार प्रकट गरे । सीमा सुरक्षा, विपद् व्यवस्थापन, महत्वपूर्ण प्रतिष्ठानको सुरक्षा तथा औद्योगिक सुरक्षाको साथै राजश्व संकलनमा समेत उल्लेखनीय भूमिका निर्वाह भएको प्रशंसा गरे । 

    apf army 8.jpg

    महानिरीक्षक अर्यालले राज्य र नागरिकको सुरक्षा कुनैपनि एकल संगठनको प्रयासमा मात्र सम्भव नभई अन्य सुरक्षा नियका तथा संघसंस्थाहरुसँगको निकट समन्वयका साथ राज्यप्रदत्त कार्यादेशलाई कुशलतापूर्वक वहन गर्दै नेपाल सरकार तथा गृहमन्त्रालयको नीति तथा कार्यक्रमहरु र आदेशनिर्देशनलाई अक्षरस पालना गरी सेवाप्रतिको निष्ठावान भई संगठनका राष्ट्रसेवकहरु परिचालित रहिरहेको बताए । उनले प्रशासन मायाले होईन न्यायले चल्दछ भन्ने मान्यतालाई अंगिकार गर्दै आन्तरिक प्रशासनलाई प्रणालीगत गरी पारदर्शिता र जवाफदेहितासहितको पूर्वानुमान योग्य सरुवा, बढुवा, कमाण्ड, तालिम, युएन मिशन तथा कल्याणकारी कार्यक्रमहरु सबैमा न्यायोचित हुने गरी वितरण गरिरहेको बताए । 

    apf army 2.jpg

    सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा प्रतिनिधि सभाका माननीय सदस्यहरु, मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, प्रदेश सभाका माननीय सदस्यहरु, गृहसचिव दिनेश भट्टराई, संवैधानिक निकायका प्रमुखहरु, प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, काठमाडौं महानगरपालिका उप–प्रमुख, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

    apf army 4.jpg

     

    apf 4.jpg 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार