images
images

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार झक्कु सुवेदी र विष्णुकुमारी सापकोटा विजयी

राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार झक्कु सुवेदी र विष्णुकुमारी सापकोटा विजयी

बिहिवार, माघ ११ २०८०
बिहिवार, माघ ११ २०८०
  • राष्ट्रिय सभा निर्वाचन : लुम्बिनी प्रदेशमा गठबन्धनका उम्मेदवार झक्कु सुवेदी र विष्णुकुमारी सापकोटा विजयी

    बुटवल / राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशबाट सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन् । बिहीबार सम्पन्न निर्वाचनको मतपरिणामअनुसार महिला क्लस्टरमा नेपाली कांग्रेसकी विष्णुकुमारी सापकोटा र अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका हुन्। 

    images
    images

    महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भएकी छन् । सापकोटाले ५४३५ मत भार प्राप्त गरी विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरेकी थिइन् । 

    त्यस्तै, सुवेदीले नेकपा एमालेका झपेन्द्र जीसीलाई पराजित गरेका हुन् । अन्य तर्फको मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी छ । दुई पदमा ६ जनाले प्रतिस्पर्धा गरेका थिए ।

    जनमत पार्टीको तर्फबाट अन्य क्लस्टरमा नवलपरासीका बालगोविन्द चौधरी उम्मेदवार थिए । भने महिलातर्फ राप्रपाकी विजयालक्ष्मी सिंह उम्मेदवार थिइन् । मत परिणाम औपचारिक घोणणा हुन भने बाँकी रहेको छ।

    लुम्बिनी प्रदेशमा १०९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २१८ जना र प्रदेशसभाका ८७ जना सांसद मतदाता थिए । ३०५ जना मतदाता रहेकोमा प्रदेश सभा तर्फबाट सबै ८७ मत खसेको र स्थानीय तहका २१८ मतमध्ये २१६ मत गरी ३०३ मत खसेको थियो ।

    प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार