images
images

आगामी आइतबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

आगामी आइतबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • आगामी आइतबारसम्म कुन प्रदेशको मौसम कस्तो रहला ?

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ ।

    images
    images

    आज शुक्रबार देशका पहाडी भूभागमा आंशिकदेखि  साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

    शनिबार  कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक देखि  साधारणतया ब/ली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आइतबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    हिमपातको सम्भावना रहेको भूभाग र तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार