images
images

देशव्यापी रूपमा ‘महिन्द्रा केयर फेस्ट’ आयोजना सुरु, आकर्षक छुट र उपहारहरू पाइने

देशव्यापी रूपमा ‘महिन्द्रा केयर फेस्ट’ आयोजना सुरु, आकर्षक छुट र उपहारहरू पाइने

सोमवार, माघ २२ २०८०
सोमवार, माघ २२ २०८०
  • images
    images
    देशव्यापी रूपमा ‘महिन्द्रा केयर फेस्ट’ आयोजना सुरु, आकर्षक छुट र उपहारहरू पाइने
    images
    images

    काठमाडौँ / महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्कस प्रा.लि.ले देशव्यापी रूपमा महिन्द्रा केयर फेस्ट आयोजना गरेको छ ।
     
    कम्पनीले माघ २१ गतेदेखि सुरु गरेको महिन्द्र केयर फेस्ट माघ २६ गतेसम्म चल्नेछ । एक समारोहकाबिच नायिका स्वस्तिमा खड्का, अग्नि ग्रुपका कार्यकारी निर्देशक, अर्जुनप्रसाद शर्मा र सुसन श्रेष्ठ, क्षेत्रीय प्रबन्धक (नेपाल, भुटान र बंगलादेश), महिन्द्रा एण्ड महिन्द्रा - चैतन्य कगलकारले फेस्टको उद्घाटन गरेका हुन् । 

    images
    images

    कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा तथा अग्नी ग्रुपका प्रतिनिधिहरू र ग्राहकहरूकोसमेत उपस्थिति रहेको थियो । महिन्द्रा केयर फेस्टको अवसरमा कम्पनीले ४५–पोइन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि वाशिंग, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स र स्पेयर पार्टसमा १० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटका साथसाथै अन्य उपहारहरूको पनि लाभ लिन सकिनेछ । 

    महिन्द्राका ग्राहकवर्गले नेपाल अधिराज्यभरि रहेका महिन्द्राका आधिकारिक सर्भिस सेन्टरमा गई यस केयर फेस्टमा सहभागी हुन सकिनेछ । 

    1.jpg

    महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरूमाझैँ ग्राहकहरूको उल्लासमय सहभागिता रहने अपेक्षा गरिएको छ । 
     
    साथै ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रा.लि.ले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्री वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ्र साथै महिन्द्राका सर्टिफाइड युज्ड गाडी खरिद गर्नु परेमा आकर्षक अफर पनि ल्याएको छ । यो सेवा काठमाडौँ, भैरहवा र इटहरीमा, उपलब्ध भएको कम्पनीले जनाएको छ्र ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार