चर्चित समाचार
  • कालंगा हाइड्रोको ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्ने

    कालंगा हाइड्रोको ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्ने

    बिहिवार, माघ २५ २०८०
    बिहिवार, माघ २५ २०८०
  • कालंगा हाइड्रोको ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्ने

    काठमाडौँ / कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि ४९ करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिसेयर रु. १०० का दरले हुने ४९ करोड बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो।

    यसका लागि कायम जारी पुँजी एक अर्ब ४० करोडमध्ये सर्वसाधारणका लागि ३५ प्रतिशत सेयर निष्कासन गर्न लागिएको कम्पनीले जनाएको छ।

    सेयर निष्कासन गर्नका लागि रु. ३४.९० करोड ज्योति क्यापिटल लिमिटेडबाट तथा रु. १४.१० करोड लक्ष्मी सनराइज क्यापिटल लिमिटेडबाट सेयर प्रत्याभुति सम्झौता गरी साधारण सेयर प्रत्याभूतिकर्ता नियुक्त गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीको कालंगा कम्प्लेस, धोबीघाट ३, ललितपुरस्थित रजिस्टर्ड कार्यालयमा साधारण सेयर प्रत्याभूतिका लागि कम्पनीका तर्फबाट सञ्चालक तीर्थराज चटौत तथा प्रत्याभुतिकर्ताहरु ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र लक्ष्मी सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठका बीच त्रिपक्षीय सम्झौता गरिएको हो। बझाङमा रहेको कालंगा हाइड्रो १५.३३ मेगावाट क्षमताको आयोजना हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार