images
images

विश्व बैंक नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै

विश्व बैंक नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै

शनिवार, माघ २७ २०८०
शनिवार, माघ २७ २०८०
  • विश्व बैंक नेपालको पाँचवर्षे ‘पार्टनरसीप फ्रेमवर्क’ बनाउदै

    काठमाडौँ / राष्ट्रिय योजना आयोग र विश्व बैंकबीच ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’का विषयमा छलफल भएको छ । 

    images
    images

    विश्व बैंकले नेपालका लागि बनाइरहेको आगामी पाँचवर्षे ‘कन्ट्री पार्टनरसीप फ्रेमवर्क’बारे  छलफल गरेको हो । 

    छलफलमा आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विश्व बैंकलगायत विकास साझेदारहरुका कतिपय कार्यक्रमका विषयमा पुनर्विचार गर्नुपर्ने बताए । विकास–निर्माणका परियोजनालाई नयाँ ढङ्गले कार्यान्वन गर्नुपर्नेमा उनले जोड दिए ।  

    उनले सबै पुराना कार्यक्रमहरुलाई निरन्तरता दिन नहुने बताउनुभयो । 

    “पुराना कतिपय सफल नभएका कार्यक्रमहरुलाई बन्द वा पुनःसंरचना गर्नुपर्छ, उत्पादन र रोजगारी वृद्धिका लागि नयाँ कार्यक्रम बनाउर्नुपर्छ” उपाध्यक्ष डा. श्रेष्ठले भने, “यसका लागि विश्व बैंकको सहयोग अपेक्षा गरिएको छ ।” 

    विश्व बैंककी नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने सञ्चालक व्यवस्थापक लाडा स्ट्रेलकोवासले आयोगले बनाइरहेको नेपालको १६औँ योजना र विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्कबीच तादात्म्य कायम गर्नुपर्नेमा जोड दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार