images
images

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना

रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • रेसिङ अटोमोबाइल्सले ल्यायो ‘दुईमा दुई’ उपहार योजना

    काठमाडौँ / रेसिङ अटोमोबाइल्स प्रा.लि.ले ‘दुईमा दुई’ अफर सार्वजनिक गरेको छ । आफ्नो स्थापनाको दोस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा कम्पनीले नयाँ अफर घोषणा गरेको हो । उक्त अफर योजना अन्तर्गत कम्पनीले २०८० साल फागुन महिनाभित्र गाडी खरिद गर्ने सम्पूर्ण ग्रहकलाई दुई पटक निःशुल्क फुल सर्भिसिङ्ग उपहारको रूपमा दिने भएको हो।

    images
    images

    रेसिङ अटोमोबाइल्सले आफ्नो व्यवसायिक जीवनको पहिलो वर्ष सफलतापूर्वक व्यतित भएको खुसियालीमा यस्तो उपहार योजना सार्वजनिक गरेको जनाएको छ। रेसिङ अटोमोबाइल्सका प्रबन्ध निर्देशक रुद्र ढुंगेलका अनुसार यो अटोमोबाइल्स व्यापक आर्थिक सुस्तताको बिच पनी एक वर्षमा उल्लेख्य संख्यामा गाडी खरिद बिक्री गर्न सफल भएको छ। उनका अनुसार अहिले मध्यम मूल्यका गाडीहरूमा खरिदकर्ताको आकर्षण देखिएको उनले बताए । 

    काठमाडौँ कलंकीस्थिति भाटभटेनी सुपरमार्केट नजिक रेसिङ बजारमा रहेको यो कम्पनीले नयाँ तथा पुराना गाडिहरु खरिद÷बिक्री गर्दै आएको छ। 

    स्थापनाको पहिलो वर्षमा नै ग्राहकहरुको विश्वास जित्न आफू सफल भएको जनाउँदै दोस्रो वर्षमा प्रवेश गर्दा आफ्ना ग्राहकहरुलाई विश्वास र भरोसाप्रति कम्पनीले आभारसमेत व्यक्त गरेको छ । 
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार