चर्चित समाचार
  • राष्ट्र बैंक सुपरिवेक्षण विभागले गर्‍यो ७ वित्त कम्पनीका सञ्चालक र सीईओलाई कारबाही

    राष्ट्र बैंक सुपरिवेक्षण विभागले गर्‍यो ७ वित्त कम्पनीका सञ्चालक र सीईओलाई कारबाही

    बुधवार, फागुन २ २०८०
    बुधवार, फागुन २ २०८०
  • राष्ट्र बैंक सुपरिवेक्षण विभागले गर्‍यो ७ वित्त कम्पनीका सञ्चालक र सीईओलाई कारबाही

    काठमाडौँ / नेपाल राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले ७ वटा वित्त कम्पनीका सञ्चालक, अध्यक्ष र कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई कारबाही गरेको छ । 

    चालु आर्थिक वर्षको दोस्रो त्रयमास अवधिमा तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । 

    केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मुक्तिनाथ विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सलाई कारबाही गरेको हो । यहीमध्ये केहीलाई सचेत गराइएको छ भने केहीलाई नगद जरिवाना गरिएको छ।

    यी वित्त कम्पनीहरूले राष्ट्र बैंकबाट जारी भएको वा तोकिएको मापदण्ड निर्देशन बमोजिम वित्तीय कारोबार नगरेकोमा बैंकले सञ्चालक समिति, अध्यक्ष र सीईओलाई पहिलोपटक सचेत गराएको छ । फेरि, यस्तो गल्ती भेटिए नगदसहित ऐन बमोजिम कारबाही हुने समेत राष्ट्र बैंकले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार