images
images

नेपाल एसबिआई बैंकद्वारा सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध

नेपाल एसबिआई बैंकद्वारा सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • नेपाल एसबिआई बैंकद्वारा सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध

    काठमाडौँ / नेपाल एसबिआई बैंक लि. ले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढीको एक सामुदायिक विद्यालयमा छात्राहरुलाई पोशाक उपलब्ध गराउने उद्देश्यले मेयर शैक्षिक विकास कोषमा आर्थिक सहयोग गरेको छ । 

    कार्यक्रममा बैंकका धनगढी शाखा प्रबन्धक, विजय महर्जनले धनगढी उपमहानगरपालिकाका मेयर, गोपाल हमाललाई औपचारिक रुपमा सहयोग रकम हस्तान्तरण गरेका थिए । 

    उक्त कार्यक्रम बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भण्डारी लगायत बैंकका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भएको थियो । बैंकले दिगो विकास हासिल गर्ने तथा सबैका लागि समावेशी र गुणस्तरीय शिक्षाको प्रवद्र्धन गर्ने उदेश्यका साथ शिक्षा क्षेत्रमा बारम्बार यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

    हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार