images
images

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकहरूले बुद्धको टिकटमा छुट पाउने

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकहरूले बुद्धको टिकटमा छुट पाउने

शुक्रवार, साउन ११ २०८१
शुक्रवार, साउन ११ २०८१
  • कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता, बैंकका ग्राहकहरूले बुद्धको टिकटमा छुट पाउने

    काठमाडौँ / कुमारी बैंक लिमिटेड र बुद्ध एयरबिच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

    सो सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ (सर्तहरू लागु हुनेछन्) । 

    यो छुट लिन ग्राहकहरूले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरूले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

    विगत २२ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ्ग ईकाईहरू मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार