images
images

हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

बुधवार, फागुन २ २०८०
बुधवार, फागुन २ २०८०
  • हावाहुरीका कारण अष्ट्रेलियामा करिब दुई लाख घरमा विद्युत् सेवा अवरुद्ध

    मेलबर्न / शक्तिशाली आँधीका कारण पूर्वी अस्ट्रेलियामा एक लाख ७४ हजार घर तथा व्यवसायमा क्षति पुगेको अधिकारीहरूले बुधबार बताएका छन् ।

    images
    images

    भिक्टोरिया राज्यको ठूलो भूभागमा मङ्गलबार खराब मौसमका कारण १५० किलोमिटर प्रतिघण्टा (९० माइल प्रतिघण्टा) भन्दा बढीको हुरी चलेको राज्य सरकार र आपतकालीन सेवाहरूले बताएका छन् ।

    भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै ५० वर्षीय एक डेरी किसानको छतमा काम गर्ने क्रममा उडेको भग्नावशेषले किचेर मृत्यु भएको जनाएको छ ।

    आँधीका कारण मेलबर्नको पश्चिममा रहेको ग्रामपियन क्षेत्रमा पनि डढेलो लागेको र एउटा सानो सहरका केही घर टहरा जलेर नष्ट भएको राज्यको अग्नि नियन्त्रण प्राधिकरणले जनाएको छ ।

    अष्ट्रेलियाली इन्धन बजार सञ्चालकका अनुसार आँधीका कारण शुरूमा पाँच लाख ३० हजार घर परिवार तथा व्यवसाय विद्युत्विहीन बनेका छन् । 

    बुधबार दिउँसोसम्म पनि करिब एक लाख ७४ हजार घर परिवार विद्युत् सेवाबाट बञ्चित भएको बताइएको छ ।प्राधिकरणले भनेको छ, “व्यापक क्षतिको मात्रालाई ध्यानमा राख्दै प्रभावित सबैलाई पुन ः विद्युत सेवा सञ्चालन गर्न केही दिन लाग्न सक्ने देखिन्छ ।”

    हावाहुरीले घरका छाना उडाएको, रुख र बिजुलीका खम्बाहरू ढलाएको सञ्चारमाध्यम र सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीरहरूमा देखिएको छ । 

    राज्यको ऊर्जा प्राधिकरणका अनुसार ढलेको ट्रान्समिसन टावरका कारण भिक्टोरियाको सबैभन्दा ठूलो बिजुली जेनेरेटर लोय याङ ए बन्द भएको छ भने यसलाई अहिले ग्रिडमा पुनः जडान गर्ने काम भइरहेको छ । 

    भिक्टोरियाका ऊर्जामन्त्री लिली डी एम्ब्रोसियोले भन्नुभयो, “यो राज्यको इतिहासमा सबैभन्दा ठूलो विद्युत सेवा अवरोध घटनामध्ये एक हो ।

    भिक्टोरिया राज्यका आपतकालीन व्यवस्थापन आयुक्त रिक नुगेन्टले चट्याङका कारण भिक्टोरियामा ‘धेरै पटक आगलागी’ भएको बताउनुभयो । 

    नुगेन्टले पत्रकार सम्मेलनमा भन्नुभयो, “अति प्रभावित ग्रामपियन क्षेत्रमा आगोको ज्वालाले पोमोनलमा ‘धेरै आवासीय घरहरू’ जलाएको छ । ती घरहरूमा सयौँ बासिन्दाहरू बसोबास गर्दै आएका थिए । 

    मेलबर्नको द एज पत्रिकामा प्रकाशित एक रिपोर्टअनुसार कति घरमा क्षति भयो भन्नेबारे अहिले नै भन्न सकिने अवस्था नरहेको राज्यका अग्निनियन्त्रक अधिकारीले बताएका छन् ।

    भिक्टोरियाली अधिकारीहरूले राज्यभर डढेलो र मौसमको चेतावनी कम गरिएकाले विद्युत आपूर्ति सुचारु गर्न र आगलागीबाट भएको क्षतिको पूर्ण मात्रा पत्ता लगाउन काम गरिरहेको बताएका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार