images
images

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

उद्योग विभागको अनुसार माघसम्म २ सय ४१ उद्योग तथा परियोजनामार्फत २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको हो ।

बिहिवार, फागुन ३ २०८०
बिहिवार, फागुन ३ २०८०
  • images
    images
    सात महिनामा २२ अर्ब ६८ करोड विदेशी लगानी प्रतिबद्धता, पर्यटनमा आकर्षण

    काठमाडौँ / चालू आर्थिक वर्ष २०८०/८१ को सात महिनामा २२ अर्ब ६८ करोड १५ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता प्राप्त भएको छ ।

    images
    images

    उद्योग विभागको तथ्याङ्कअनुसार माघ मसान्तसम्म कुल दुई सय ४१ उद्योग तथा परियोजनामार्फत  २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबरको प्रतिबद्धता प्राप्त भएको हो । 

    लगानीको स्वीकृति पाएका कुल उद्योगमध्ये दुई सय २६ साना रहेका छन् भने १२ वटा मझौला र तीनवटा ठूला परियोजना रहेका विभागले जनाएको छ । 

    पर्यटनमा आकर्षण

    प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । ७ महिनामा आएका कुल प्रस्तावमध्ये ४५ प्रतिशत पर्यटनमा छन् । पर्यटनका एक सय आठ परियोजनामार्फत यो लगानी आउने छ । यो क्षेत्रमा ८६ परियोजनाले एफडिआईको स्वीकृति पाएका छन् । जसमा कुल प्रस्तावित लगानीमध्ये ३६ प्रतिशत प्रतिबद्धता जनाइएको छ । 

    यस्तै, म्यानुफ्याक्चरिङतर्फ २८ परियोजना, खानीतर्फ दुई, पूर्वाधारतर्फ पाँच, सूचना प्रविधितर्फ आठ, कृषितर्फ चार उद्योग तथा परियोजनाले लगानीको स्वीकृति पाएको विभागले जनाएको छ । जुन उद्योगमा कुल प्रस्तावित विदेशी लगानीमध्ये क्रमशः ११ प्रतिशत, एक प्रतिशत, दुई प्रतिशत, तीन प्रतिशत र दुई प्रतिशत लगानी आउने विभागले जनाएको छ ।  

    माघमा मात्रै साढे ३४ करोडको लगानी स्वीकृत 

    उद्योग विभागले माघ महिनामा मात्रै १५ वटा उद्योग तथा परियोजनामा ३४ करोड ५० लाख रुपैयाँको विदेशी लगानी स्वीकृत गरेको छ । जसमा १५ वटै साना उद्योग रहेका छन् । 

    यीमध्ये पर्यटनमा पाँच, सर्भिस क्षेत्रमा तीन, पूर्वाधारमा एक, सूचना प्रविधि क्षेत्रमा एक, म्यानुफ्याक्चरिङ क्षेत्रमा पाँचवटा उद्योग रहेका छन् । 

    अहिलेसम्म ६ हजार ९८ उद्योग तथा परियोजनाले विदेशी लगानीको स्वीकृति पाएका छन् । यी उद्योग तथा परियोजनामा चार खर्ब ७२ अर्ब ५९ करोड रुपैयाँ एफडिआई स्वीकृत भएको विभागले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार