चर्चित समाचार
  • आज दिउँसो कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा आंशिक बदली हुने

    आज दिउँसो कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा आंशिक बदली हुने

    आइतवार, फागुन ६ २०८०
    आइतवार, फागुन ६ २०८०
  • आज दिउँसो कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका क्षेत्रमा आंशिक बदली हुने

    जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ।

    देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु–कुहिरो लागेको छ ।


    दिउँसोको कोशी,  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। 

    कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुट देखि हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    यस्तैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक(दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार